भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले
अंगिकृत नागरिकता लिएको भोलीपल्टै राष्ट्रपति
बन्न पाइने व्यवस्था लागु नहुने बताएका छन्। 'आज
अंगिकृत हुने अनि भोली नै राष्ट्रपति हुनुपर्ने?,' ओली
भने,'विश्वका कुनै पनि देशमा अंगिकृत नागरिकले
कार्यकारी प्रमुख हुने व्यवस्था छैन।'
बुधबार साहना प्रधान स्मृति प्रतिष्ठान र पेशागत
महासंघले राजधानीमा आयोजना गरेको
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नयाँ संविधानमा
अंगिकृत नागरिकले सांसद बन्न पाउने व्यवस्था गरेको
भन्दै कोही मानिस ठूलो देशबाट आएका कारण
अंगिकृत नागरिकले पनि राष्ट्रपति बन्न पाउनुपर्छ
भनेको हुनसक्ने आशंका व्यक्त गरे। 'अमेरिकाजस्तो
प्रजातान्त्रिक मुलुकसमेत जन्मसिद्ध नागरिक मात्र
मुलुकको राष्ट्रपति बन्न पाउने प्रावधान रहेको छ,'
ओलीले भने ।
उनले मधेसी मोर्चाको मागप्रति लक्षित गर्दै झापा,
मोरङ र सुनसरीका जनताको सात प्रदेशप्रति कुनै
असहमति नभएको दाबी गर्दै निर्वाचनमा पराजित
एक व्यक्तिको हठको शिकार सिंगो मुलुक हुन नसक्ने
बताए। उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र
निर्धारण गर्नुपर्ने मागप्रति लक्षित गर्दै कम्तिमा एक
निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याको आधारमा
निर्वाचन क्षेत्र निर्धारण गर्न सकिने बताए ।
'कर्णालीमा जनसंख्या कम छ भनेर त्यहा एक निर्वाचन
क्षेत्र पनि कायम नराख्ने कुरा हुन सक्दैन,' उनले भने,'एक
निर्वाचन क्षेत्र कायम हुने गरी सो विषयमा सोच्न
सकिन्छ।'
0 comments:
Post a Comment