Home » » जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि दोहोरो झडप.....

जलेश्वरको अवस्था तनावग्रस्त, बिहानैदेखि दोहोरो झडप.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


गौशाला, १७ भदौ । बुधबार राति ८ बजेसम्म
महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र
प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा
बढी सर्वसाधारण घाइते भएपछि आज बिहानैदेखि
जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
सोही क्रममा आन्दोलनकारीले आज बिहानैदेखि
प्रहरीसँग दोहोरो झडप सुरु गरेका छन् । प्रदर्शनकारीले
आज बिहानैदेखि जलेश्वरको सिनेमाहल चोकमा टायर
बालेर प्रहरीसँग झडप सुरु गरेका छन् भने जलेश्वरको
दुर्गाचोक, शङ्कर चोक र नगरपालिका चोकमा पनि
स्थानीयले प्रहरीलाई घेरा हालेर झडपको स्थिति
सिर्जना गरेका छन् ।
प्रादेशिक सीमाङ्कनविरुद्ध विगत २० दिनदेखि
महोत्तरीलगायत सम्पूर्ण मधेस अनिश्चितकालीन
बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आज
बिहानैदेखि जलेश्वरको दुर्गाचोक, बुद्धिजीवी चोक,
अस्पताल चोक, र शङ्कर चोकमा पनि सयौँको
सङ्ख्यामा जम्मा भएर प्रहरीलाई चेतावनी दिइरहेका
छन् ।
बुधबार राति झडपमा प्रहरीको कुटाइबाट सिनेमाहल
चोकमा करिब एक दर्जन आन्दोलनकारी घाइते भएका
छन् भने एक जना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीले बुधबार राति करिब १५ राउन्ड अश्रुग्यास र
पाँच राउन्ड रबरको गोली प्रहार गरी
आन्दोलनकारीलाई घाइते बनाएका थिए भने
आन्दोलनकारीले ढुङ्गामुढा प्रहार गरी प्रहरीलाई
पनि घाइते बनाएका थिए । विगत २० दिनदेखि
जारी अनिश्चितकालीन मधेस बन्दको कारण
महोत्तरीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
महोत्तरीमा बन्दको कारण दैनिक उपभोगका
खाद्यवस्तु, पेट्रोलियम पदार्थ र औषधि अभावसमेत
सिर्जना भएको छ ।
जिल्लामा छोटो तथा लामो दूरीका
सवारीसाधन पूर्णरुपमा ठप्प रहेका छन् भने जिल्लाका
हाटबजार, कलकारखाना, उद्योगधन्दा, बैंक तथा
वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी तथा
गैरसरकारी कार्यालय सबै प्रभावित भएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved