भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
शनिबार, आश्विन २, नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले
अन्तिम लडाईँ लडेर जनवादी राज्यसत्ता ल्याउने
बताएका छन । शनिवार राजधानीमा भएको दलित
मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनमा उनले
भने– अहिले पनि सत्तामा वार्गेनिङ गरे मन्त्री
पाउँछौँ । अरवौ पैसा पनि पाउँछौँ’ उनले भने ‘तर
हामी त्यतातिर लाग्दैनौँ । अब वारपारको अन्तिम
लडाईँ हुन्छ ।’
नयाँ राज्य बनाउने सहमति भएपनि एक थान संविधान
बाहेक अन्य केही नभएको उनले जिकिर गरे । उनले भने
‘काँग्रेसले २०६५ सालबाट नै गडबड गर्न थालेको थियो
। अहिलेसम्म आइपुग्दा संसदवादी दलहरुले सहमति
उल्टाइसके । हामीले त्यस्तो सहमति मान्नै पर्छ भन्ने
छैन ।’
संसदवादी दलहरु माओवादीलाई धेराबन्दीमा पारेर
सिध्याउने अभियानमा लागेको उनको आरोप छ ।
उनले माओवादीको मूल प्रवाह आफूहरु नै भएको दावी
पनि गरे । ‘केहि व्यक्ति यताउता भएपनि माओवादी
आन्दोलन पुनर्गठन भएको छ । यसले जनवादी सत्ता
ल्याउने छ । हामी संसदीय व्यवस्था टिक्न दिँदैनौँ ।’
उनले माओवादीले बुझाएको हतियार खोज्नुपर्ने बेला
आएको समेत बताए । ‘जनमुक्ति सेनाको निर्माण
गर्नुपर्ने अवस्था आएको छ’ उनले भने ‘त्यतिबेला
विगतमा बुझाइएको हतियार खोज्नेछौँ ।’ उनले केही
समयभित्रै सवै माओवादीहरुको एउटै पाटी हुने समेत
दावी गरे ।
0 comments:
Post a Comment