भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भारतीय नेताले सोधे- मधेसमा ६० हजार सेना
परिचालन भएको हो
काठमाडौं, २ असोज । नेकपा एमालेका सचिव प्रदीप
ज्ञवालीले नेपालको पछिल्लो अवस्थाबारे
भारतलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको आफूले
पाएको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी ओलीको विशेष दूतका रुपमा
दिल्ली पुगेर फर्केका सचिव ज्ञवालीले नेपालको
पछिल्लो राजनीतिक अवस्थाबारे भारतीयहरुमा
ठूलो भ्रम देखिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो-‘यता(नेपाल)बाट उनीहरुलाई
‘इमोसनल ब्ल्याकमेलिङ’ नै गरिएको रहेछ, मधेसमा ६०
हजार सेना परिचालन गरिएको र कैलालीमा
सयजनाको हत्या गरेर लास लुकाइएको जस्ता प्रश्नहरु
भारतीय पक्षबाट उठ्यो ।’
त्यसैगरी मधेसी समुदायलाई वार्तामा ल्याउन
नचाहेको र भारतीय पक्षले दिएको सुझावलाई समेत
बेवास्ता गरिएको भन्नेजस्ता प्रश्नहरु पनि भारतीय
पक्षले राखेको उहाँले बताउनुभयो । ‘भारतीयहरुमा
हाम्रैतिरबाट भ्रम छर्न खोजेको जस्तो पाइयो ।’
आफूहरुले मधेसी र थारु लगायतका समुहलाई वार्तामा
ल्याउन पटक-पटक प्रयास गरेको, प्रधानमन्त्रीले पत्र
लेखेको, सेना परिचालन नभई दंगाग्रस्त क्षेत्रमात्रै
घोषणा गरिएको र कैलालीमा आन्दालनेकारीभन्दा
प्रहरीको धेरै संख्यामा हताहती भएको जस्ता कुराहरु
आफूले भारतीयलाई स्पष्ट पारेको सचिव ज्ञवालीले
जानकारी दिनुभयो ।
उहाँले मधेसकै नेता, बुद्धिजिवी र अगुवाहरुले विभिन्न
समयमा सन्देश पठाएर भारतीय पक्षलाई गलत सूचना
दिएर उक्साउन खोजेको कुरा पनि दिल्लीबाट पत्ता
लागेको बताउनुभयो । उहाँले भन्नुभयो-‘मधेसका केही
नेता, बुद्धिजिवी, लेखकहरुले भारतीय पक्षलाई
विभिन्न माध्यमबाट नेपालविरुद्ध उक्साउन गलत
सूचना दिएर ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको पाइयो,
त्यसमा भारतीय पक्षलाई सचेत हुन र नेपालको
वर्तमान अवस्था बारे स्पष्ट हुन समेत आग्रह गरे ।’
भारत भ्रमणमा रहँदा सचिव ज्ञवालीले भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा
सल्लाहकार, प्रधानमन्त्री कार्यालयका मुख्यसचिव,
राष्ट्रिय स्वयंसेवक संघका प्रमुख र सत्तारुढ भारतीय
जनता पार्टीका बरिष्ठ उपाध्यक्षसँग भेटवार्ता
गर्नुभएको थियो । यसका अतिरिक्त अन्य नेता र
उच्चपदस्थ सरकारी अधिकारीहरुसँग पनि कुराकानी
गर्नुभएको थियो ।
0 comments:
Post a Comment