Home » » मधेसबारे टिप्पणी गरेको छैन : भारतीय गृहमन्त्री

मधेसबारे टिप्पणी गरेको छैन : भारतीय गृहमन्त्री

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आश्विन १, २०७२- भारतीय गृहमन्त्री राजनाथ
सिंहले आफूले मधेस केन्द्रित नेपालीका बारेमा कुनै
प्रकारको टिप्पणी नगरेको बताएका छन् ।
दुई साताअघि नेपालको सिमावर्ती
उत्तरप्रदेशको महाराजगंज जिल्लामा सशस्त्र
सिमा बलको भवन निर्माणको सिलान्यासमा
अतिथि रहेका गृहमन्त्री सिंहले “मधेस समस्या
नेपालको आन्तरिक मामला भएपनि त्यहाँ बस्ने १
करोड भारतीय नागरिकको चासोमा भारत
सरकारले ध्यान दिने”, भन्दै बोलेको बिषय
विवादमा आएको थियो ।
“गृहमन्त्री सिंहले नेपाली जनताले गर्ने सर्वोपरी
निर्णयको भारतले सधैं स्वागत गर्ने भन्दै आफूले
उत्तर प्रदेशको एउटा समारोहमा पुगेर ‘बोल्दै
नबोलेको कुरा मिडियाले उठाइदिएर’ द्वैदेशीय
सम्बन्धमा खलल पुर्याउने काम गरेको
प्रतिक्रिया मलाई दिनुभयो”,बिहीबार
अपरान्ह गृहमन्त्री सिंहलाई भेट्न मन्त्री निवास
पुगेका राजदूत दीपकुमार उपाध्यायले
कान्तिपुरसँग भने ।
गृहमन्त्री सिंहले नेपालमा संविधान जारी हुन
लागेको घडीमा ‘अधिकतम सहमति’को तहमा थप
सरोकार राख्दै आइतबारभित्रमा सबै
राजनीतिक दल र सरोकार सम्बद्ध पक्षबीचमा
सहमती जुट्नेमा विश्वास व्यक्त गरे ।
‘बिहार राज्यमा आसन्न चुनावका कारण भारत
सरकार सिमावर्ती क्षेत्रको सरोकारप्रति बढी
सचेत रहेको’ बताउँदै गृहमन्त्रीले मधेस मामलामा
अन्यथा सरोकारसँग जोडेर विवादित बनाउनुको
तुक नरहेको तर्क राखेका थिए ।
‘हामीले बिहार, उत्तर प्रदेशसहितको नेपालको
सिमावर्ती क्षेत्रलाई हाइ–अर्लटमा राखेका
छौं,’गृह मन्त्री सिंहको भनाइ उद्घृत गर्दै राजदूत
उपाध्यायले भने, ‘नेपालमा संविधान जारी हुन
लागेको घडी र मधेसमा देखिएको केही
असन्तुष्टीका माझ कुनै अवान्छित गतिबिधि
नहोस् भन्नेमा हामी सचेत छौं ।’ अक्टोबर १२
देखि नवेम्भर ५ सम्म हुन लागेको बिहार
राज्यसभा चुनावमा सिमावर्ती सुरक्षा र
आवागमनमा निगरानी गर्न भारत सरकारले
बिशेष प्रबन्ध मिलाइसकेको गृहमन्त्रीले बताएका
थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved