भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
'जनसत्ता निर्माणको ढोका खुल्यो'
६ असोज, काठमाडौं। नेपाली जनतालाई संकट पार्ने
गरी भारतले नेपालमा नाकाबन्दी गरेमा भारतविरुद्ध
प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
मधेसवादी दल तथा विभिन्न पक्षको असन्तुष्टीका
बाबजुद नयाँ संविधान जारी गरिएकोमा असन्तुष्ट
बनेको भारतले सोही बाहनामा नाकाबन्दी गरेमा
सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन् ।
भारतीय हस्तक्षेप अस्वीकार्य
नेकपा माओवादीका महासचिव विप्लवले विज्ञप्ति
जारी गर्दै नेपाली शासक वर्ग र नेपाली
जनताबीचको सत्तासंघर्षको फाइदा उठाउँदै
नेपालमाथि प्रभुत्व मजबुत बनाउने तथा नेपालको
अखण्डतामाथि माथि बाधा पुर्याउने उद्देश्यले
भारतीय शासक वर्गको हस्तक्षेप स्वीकार्य नहुने
जनाएका छन् ।
भारतको पछिल्लो गतिविधिलाई विप्लवले
भारतको निर्लज्ज हस्तक्षेप भएको जनाएका छन् ।
‘यदि भारतले जनतालाई सङ्कट पार्नेगरी नाकाबन्दी
गरेमा त्यसको प्रतिरोध गरिने जानकारी गर्दछौं ।’
विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनसत्ता निर्माणको ढोका खुल्यो
संविधानले संसदवादीलाई संसदीय व्यवस्था संचालन
गर्ने ठाउँमा पुर्याएको तथा माओवादी र जनतालाई
जनसत्ता निर्माण गर्ने वाध्यकारी ढोका
खोलिदिएको विप्लवको ठहर छ ।
शान्ति प्रक्रिया र शान्ति सम्झौतालाई व्यक्त
गर्नसक्ने राजनीतिक सहमतिसहित राज्यलाई नयाँ
बनाउने र माओवादीसहित राज्य सञ्चालन गर्ने
प्रस्तावलाई पूरै अस्वीकार गरी जारी गरिएको
संसदीय ब्यवस्थाको संविधानले संक्रमणलाई अन्त्य
गरिदिएको उनले जनाएका छन् ।
एकताको लागि आहृवान
२० वर्ष अगाडि नै संसदीय व्यवस्थालाई अस्वीकार
गरिसकेको अवस्थामा देशी विदेशी तत्वहरुको
साँठगाँठमा संसदीय व्यवस्था थोपर्ने कार्य गरिएको
भन्दै देशभक्त, सच्चा लोकतन्त्रवादी, प्रगतिशील
जनवादी शक्तिहरुलाई एकताका लागि उनले आहृवान
समेत गरेका छन् ।
0 comments:
Post a Comment