भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३ असोज, काठमाडौं । नेपाली युवाहरुलाई लक्षित
गरी ५ वटा नयाँ सम्भावित वैदेशिक रोजगार गन्तब्य
पहिचान भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले
गठन गरेको नयाँ बजार खोजी तथा पुराना बजार
व्यवस्थापन उच्चस्तरीय समितिले ५ वटा देश नेपाली
को नयाँ रोजगार गन्तब्य हुनसक्ने औंल्याएको हो ।
पहिचान भएका नयाँ श्रम गन्तब्यमा एसियाली र
अमेरिकीदेखी युरोपेली मुलुकसम्म छन् ।
कुन-कुन सम्भावित नयाँ श्रम गन्तब्य ?
नयाँ बजारको खोजी गर्न बनेको समितिले सबैभन्दा
बढी सम्भावना भएको मुलुकका रुपमा उत्तर अमेरिकी
मुलुक क्यानाडालाई पहिचान गरेको छ ।
क्यानडामा दक्ष कामदारहरुको माग उच्च भएकाले
त्यहाँ विभिन्न सीप भएका नेपाली कामदार पठाउन
सकिने समितिका संयोजक हरि लम्सालले बताए ।
‘दक्ष नेपाली कामदार लैजाने विषयमा क्यनडा पनि
सहमत देखिएको छ । केही समय अघि क्यानेडेली एक
मन्त्रीले यस विषयमा चासो व्यक्त पनि गरेकै हुन’
लम्सालले भने । नेपाली कामदारका लागि सुरक्षित र
आकर्षक गन्तब्य हुने समितिको निश्कर्ष छ ।
यसैगरी एसियाली देश सिंगापरमा पनि दक्ष
कामदारको माग रहेकाले त्याहाँ बजार प्रर्वद्धन गर्न
सकिने समितिले जनाएको छ । युरोपेली मुलुक
पोल्याण्ड, रसिया र फिनल्याण्डमा पनि दक्ष
नेपाली श्रमिक पठाउन सक्ने सम्भाव्यता देखिएको
लम्सालले जानकारी दिए । समितिले १५ वटा
मुलुकमा नेपाली कामदार पठाउन सकिने ठम्याए पनि
पाँचवटालाई प्राथकिता दिएर बजार प्रर्वद्धन
गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ ।
अफ्रिकी मुलुकमा पनि सम्भावना
समितिले नेपाली कामदार पठाउन सकिने भनेर तयार
गरेका मुलुकको प्रारम्भिक सुचीमा केही अफ्रिकी
मुलुकसम्म छन् । जसमा डाक्टर, ईन्जिनियर लगायत दक्ष
कामदारको उच्च माग छ ।
‘उचित समन्वय गर्न सके केन्या, दक्षिण
अफ्रिकीलगायतका मुलुकमा दक्ष नेपाली कामदार
जान सक्ने सम्भावना छ ।’ समिति संयोजक लम्सालले
भने, ‘अहिलेपनि व्यक्तिगत श्रम स्विकृतिमा धेरै दशेमा
कामदार गइरहेका छन् । यसलाई संस्थागत रुपमा ढालेर
आकर्षक श्रम गन्तब्य बनाउन सकिन्छ ।’ दक्षिण
एसियाली देश माल्दिभ्स सहित पोर्चुगल, नर्वे, स्पेन
लगायतका मुलुक पनि दक्ष नेपालीको श्रम गन्तब्य
हुनसक्ने समितिको प्रारिम्भक निश्कर्ष छ ।
प्रक्रिया अघि बढाउन ढिलाइ
समितिले विभिन्न ५ वटा नयाँ गन्तब्यमा तत्काल
नेपाली श्रमिक पठाउन सकिने भन्दै वैदेशिक रोजगार
प्रर्वद्धन बोर्डमा जानकारी गराईसकेको छ ।
बैशाखको भूकम्पअघि नै समितिले ति मुलुकमा नेपाली
कामदार पठाउने गरी प्रक्रिया अघि बढाउन
बोर्डलाई सुझाव दिएको थियो ।
तर, बोर्डले अझै पनि ति मुलुकमा नेपाली कादार
पठाउन गर्नुपर्ने अध्ययनबारे पनि कुनै निर्णय गरेको छैन
। पहिचान भएका श्रम गन्तब्यका विषयमा थप अध्ययन
गर्न के गर्ने भन्नेबारे अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले
जानकारी दिए ।
‘अब बस्ने बोर्ड बैठकमा पहिचान भएका नयाँ
गन्तब्यबारे के गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले भने, ‘ति
देशमा नेपाली कामदार पठाउने विषयमा अध्ययन र
समन्वय गर्न गर्न आफैँ ति देशमा पुग्ने वा परराष्ट्र
मन्त्रालयको कुटनीतिक च्यानलबाट अध्ययन
प्रक्रिया अघि बढाउने भन्ने निर्णय हुन्छ ।’ यसअघि
बोर्ड अन्तरगतको नयाँ बजार खाजी उच्च स्तरीय
समितिले नयाँ श्रम गन्बब्य पहिचान गर्ने क्रममा
पराष्ट्र अन्तरगतका कुटनीतिक नियोगहरुसंग सहयोग
लिएको थियो ।
0 comments:
Post a Comment