Home » » संविधानले छिमेकी देशका सुरक्षामा गम्भीर असर पार्नेछ

संविधानले छिमेकी देशका सुरक्षामा गम्भीर असर पार्नेछ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ३ असोज ।
नयाँ संविधान जनताको माग अनुरुप नभको भन्दै
राप्रपा नेपाल समानान्तरले असोज ३ गतेलाई कालो
दिन मान्ने निर्णय गरेको छ ।
२० हजार नेपालीको अकालमा मृत्यु, खरबौं बराबरको
विकासका संरचना ध्वस्त पारी ५० औं खरबको
राष्ट्रिय ढिकुटी खर्च गरेर जारी हुन आँटेको
संविधान राष्ट्रहितको पक्षमा नभएको भन्दै
समानान्तरले त्यसलाई अमान्य ठहर गरेको छ ।
‘नेपाली जनताको माग बेगरको संघीयता,
धर्मनिरपेक्षता र गणतन्त्र एवं खुकुलो नागरिकता
नीतिको कारणले देश विखण्डन हुने र नेपाल फिजीको
बाटोतर्फ लगिएको छ । पाश्चात्य मुलुककोे
सक्रियतामा उनीहरुको हित हुने गरी संविधान
जारी गर्न लागिएको छ,’ राप्रपा नेपाल
समानान्तरको केन्द्रीय कार्य सम्पादनको शनिबार
सम्पन्न वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
‘यो संविधानले छिमेकी देशहरुको सुरक्षामा समेत
गम्भीर असर पार्नेछ । साथै हाम्रो राष्ट्रिय
अखण्डता विखण्डित हुनेतर्फ पनि ती देशले सोच्नुपर्ने
अवस्था आएको छ ।’ संघीयता देश विखण्डन र
पाश्चात्य मुलुकको भारत एवं चीनप्रति निगरानी र
गतिविधि संचालन गर्ने अखडा बन्नेतर्फ ध्यान
जानुपर्नेमा जोड दिइएको छ ।
कमल थापाले क्रिश्चियनहरुको पैसाको बलमा
धर्मनिरपेक्षता, संघीयता, गणतन्त्रात्मक संविधानमा
सही गर्दै राजतन्त्र तथा हिन्दुराष्ट्र त्यागेको
विज्ञप्तिमा दावी गरिएको छ । यसबाट राप्रपा
नेपाल समानान्तरको विद्रोह सही भएको बताइएको
छ ।
संविधानको अन्तरवस्तु विरोध गर्ने सबैसँग सहकार्यका
लागि अनुरोध गर्दै राप्रपा नेपालका सबै
पार्टीपंक्तिलाई राप्रपा नेपाल समानान्तरमा
सामेल हुन समेत विज्ञप्तिमा आह्वान गरिएको छ ।
तीन अर्ब हिन्दुका आस्थाको केन्द्र एकमात्र हिन्दु
राष्ट्र समाप्त पारिएको कारण नेपाललाई
हिन्दुराष्ट्र कायम गर्न विश्वका सबै हिन्दुहरुलाई
सहयोगका लागि समानान्तरले अनुरोध गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved