Home » » कलैया र वीरगन्जमा हिंसात्मक झडप, गोली लागेर चारजनाको मृत्यु....

कलैया र वीरगन्जमा हिंसात्मक झडप, गोली लागेर चारजनाको मृत्यु....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कलैया : आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको
झडपले बारा र बीरगञ्जमा हिंसात्मक रुप लिएको छ।
वीरगञ्जमा तीन र बारामा एक गरी चारजना
आन्दोलनकारीको प्रहरीको गोली लागेर मृ्त्यु
भएको छ।
कलैयामा मृत्यु हुनेमा ३० वर्षिय हिफाजत मिया
अन्सारी छन् भने वीरगन्जको राधेमाइ टोलमा भएको
झडपमा मुनियारीका धर्मराज सिंहको मृत्यु भएको
छ। कलैयाको भरतचोकमा प्रहरीको गोली लागेपछि
सडकमै ढलेका अन्सारीको तत्काल मृत्यु भएको हो ।
गोली लागेर घाइते सिंहको उपचारको क्रममा मृत्यु
भएको हो।
मंगलवार बिहानैदेखि वीरगञ्ज र कलैया दुवै तनावग्रस्त
छन्।प्रहरी र प्रदर्शनकारीबिच ठाउँठाउँ झडप भइरहेको
छ। बीरगन्जको राधेमाइ टोलमा भएको झडपमा
मुनियारीका धर्मराज सिंहको मृत्यु भएको छ।
झडपका क्रममा प्रहरीले गोली चलाउदा वीरगन्जमा
पाच जना घाईते भएका छन् । कलैयामा पनि प्रहरीले
चलाएको रबरको गोली लागी तीन जना घाईते
भएका छन् । स्थानिय प्रशासनले लगाएको कर्फ्यू उलंघन
गर्दै प्रदर्शनमा उत्रिएका बन्दकर्तालाई नियन्त्रणमा
लिने क्रममा प्रहरीले गोली चलाउदा नारायणी
उपक्षेत्रिय अस्पतालमा तीन जना घाईते भएका छन् ।
प्रहरीले गोली चलाउदा अस्पतालमा बिरामीको
कुरुवा, अस्पतालका कर्मचारी र एक प्रहरी जवान
घाईते भएका छन् ।यसैगरी गण्डकमा प्रहरीले चलाएको
गोली लागी दुई जना घाईते भएका छन्। घाईतेको
वीरगन्जस्थित अस्पतालमा उपचार भईहरको छ। गोली
चलेसंगै वीरगन्जको स्थिती थव तनावग्रस्त बन्न पुगेको
छ।
प्रदर्शनकारीले वीरगन्जस्थित आन्तरिक राजश्व
कार्यलयको दुई वटा गाडीमा आगजनी गरेका छन् ।
त्यसैगरी कार्यलयभित्रको कागजपत्र समेत झिकेर
आगो लगाइएको छ। बन्दकर्ताले वीरगन्ज
भिस्वास्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा
तोडफोड गरेका छन् । बेस क्याम्पको एउटा
मोरसाईकलमा समेत बन्दकर्ताले आगो लगाएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच वीरगन्जको प्रतिमा चोक,
नगवा, जयमंगलापुरलगायतका क्षेत्रमा अहिले पनि
झडप भईरहेको छ । बारा र पर्साको क्षेत्र सोमबारको
तुलनामा थप बिग्रिन पुगेको छ।
यसैगरी कलैयास्थित भरतचौकमा प्रदर्शनकारी र
प्रहरीबिच बिहानैदेखी झडप भईरहेको छ । झडपले उग्र
रुप लिएपछि प्रहरीले रबरको गोली चलाउदा
कलैयामा रामबाबु यादव, किशोर पाण्डे र राजु
अंसारी घाईते भएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved