भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मोदी दुत जयशंकरको यो भ्रमण रहस्यमयी
काठमाडौं । संविधान जारी हुने समय २ दिनमात्र
बाँकी हुँदा प्रक्रियाप्रति नै असन्तुष्ट दक्षीणि
छिमेकी देश भारतका प्रधानमन्त्री नेन्द्र मोदीका
विशेष दुत एश जयशंकर शुक्रबार नेपाल आउने भएका छन् ।
भारतिय विदेश सचिव समेत रहेका जयशंकरलाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष
दुत बनाएर नेपाल पठाउन लागेका हुन् ।
शुक्रबार विहान ९ बजे नेपाल आउन लागेका जयशंकरले
प्रधानमन्त्री सूशिल कोइराला र राष्ट्रपति रामबरण
यादवलाई भेट्ने कार्यक्रम तय भएको छ ।
नेपालको जारी संविधान निर्माण प्रक्रियालाई
रोक्न निकै बल गरेकाे भारतले नेपालका लागी राजदुत
रंजित रे लाई दिल्ली बोलाएर नेपालको अवस्थाको
बारेमा जानकारी लिए लगत्तै जयशंकरलाई नेपाल
पठाउन लागेको हो ।
शनिबार बिहानसम्म नेपाल रहने जयशंकरले राष्ट्रपति र
प्रधानमन्त्री बाहेक अन्य नेताहरुलाई भेट्ने कार्यक्रम
तय नभएको बताइएपनि एमाले र एमाओवादी तथा
मधेशवादी दलका मुख्य नेताहरुलाई भेट्न सक्ने अनुमान
लगाइएको छ ।
अर्को छिमेकी राष्ट्र चिनले नेपालमा नयाँ
संविधान निर्माण भएकोमा खुशि व्यक्त गरेको
अवस्थामा मोदी दुत जयशंकरको यो भ्रमण रहस्यमयी
छ । आफुले संविधान निर्माणमा खेलेको भुमिकालाई
भारत सुधार्न चाहन्छ या अझै दबाब दिएर नेपालसँग
बिग्रन लागेको सम्बन्धलाई झनै बिगार्ने छ भन्ने
कुराको टुगोंसमेत जयशंकर भ्रमणले लगाउने छ ।
मोदी दुतको यो भ्रमणको उदेश्य जे जस्तो भएपनि
नेपालमा अशोज ३ गते संविधान जारी हुनेछ र त्यो
अब ठुलो प्राकृतिक विपत्तिबाहेक अरु कुनै घटनाक्रमले
रोक्न सक्दैन ।
0 comments:
Post a Comment