Home » » प्रधानमन्त्री कोइरालासँग प्रचण्ड र बाबुरामको भेटवार्ता....

प्रधानमन्त्री कोइरालासँग प्रचण्ड र बाबुरामको भेटवार्ता....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


प्रधानमन्त्री सुशील कोइरालासँग एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बिहीबार बिहान
भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा
भएको भेटमा संविधान निर्माण र देशको समसामयिक
राजनीतिका बारेमा कुराकानी भएको थियो।
भेटमा संविधान निर्माण प्रकृयामा असहमति देखाएर
आन्दोलनमा गएका राजनीतिक दलहरु र संविधानमा
थप अधिकारको माग गर्दै आन्दोलनमा रहेका
संविधानमा प्रतिनिधित्व नभएका दल तथा समूहले
उठाएका विषयलाई समाधानमा लैजाने सम्बन्धमा
कुराकानी भएको थियो।
प्रधानमन्त्री कोइरालाले संविधान सभाका चार
ठूला राजनीतिक दलका शीर्ष नेताहरुका बीचमा
भएको सहमति अनुसार नै वार्ताको लागि
आह्वान,पत्राचार र संवादको प्रक्रिया निरन्तर
जारी रहेको जानकारी गराउदै शान्तिपूर्ण
वार्ताको माध्यमबाटै समाधान निस्कनेमा आफू
विश्वस्त रहेको बताए।
उनले वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापको
विकल्प नरहेको बताए। भेटमा प्रधानमन्त्री
कोइरालाले संवादकै माध्यमबाट
शान्तिप्रक्रियाका लडाकू समायोजन र हतियार
व्यवस्थापन जस्ता जटील समस्याको पनि समाधान
भएको स्मरण गराएका थिए।
भेटमा एमाओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम
भट्टराईले आन्दोलनरत समूहसँग वार्ताको वातावरण
निर्माण गरी वार्ता गर्न प्रधानमन्त्रीले पहल
गर्नुपर्ने सुझाव दिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved