भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भदौ १७ |
डोटी–राष्ट्रिय जनमोर्चा डोटीले भारतिय
गृहमन्त्री राजनाथ सिंहको पुत्ला दहन गरेको छ ।
भारतको महाराजगंज जिल्लामा भएको एक
कार्यक्रमम सिंहले “नेपालमा एक करोड भारती
रहेकाले उनिहरुको सुरक्षा गर्नु भारतको जिम्मेवारी
हो ” भन्ने अभिब्यक्ती दिएका थिए ।
भारतिय गृहमन्त्रीको अभिब्यक्ती नेपाली
राष्ट्रियता माथीको आक्रमण भएको भन्दै पुत्ला दहन
गरेको राष्ट्रिय जनमोर्चा डोटीका सचिब केशब
नाथ योगीले बताए ।
जनमोर्चाले जिल्ला प्रशासन कार्यालय डोटीको
चोकमा कोणसभा समेत आयोजना गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै सचिब योगीले भने “
नेपालमा तिन करोड नेपाली छन, नेपालको
राष्ट्रियता माथी आक्रमण गर्दा ३ करोड
नेपालीको सामाना गर्नु पर्ला, यहाँ ३ करोड
देशभक्तहरु छन् ।”
नेपालमा संक्रमण रहेका बेला भारतले नेपालका
प्राकृतिक श्रोत तथा ऐतिहासीक भूमी कब्जा गर्ने
गरेका दृष्टान्त बताउँदै भने “भारत सन् १९५० देखी
नेपाललाई आफ्नो स्वतन्त्र एकाई बनाउन चाहान्छ,
फलस्वरुप उसले बिभिन्न बेलामा यस प्रकारका हर्कत
गर्दै आएको छ । ”
‘१९५०को सुघौली सन्धी देखी लिपुलेक सम्मका
बिबादसम्म पुग्दा भारतबाट नेपाल माथी हेपाहा
ब्यबहार भएको छ’, नेपाली राष्ट्रियता र अस्मिता
माथी आक्रमण हुँदा पनि नेपाल सरकार मौन रहेका
उदाहरण उल्लेख गर्दै भने “ हामी नेपालका हौँ भन्ने
हात्ती पार्टीहरु भारतका बिरुद्ध एक शब्द बोल्न
चाहानन्, उनिहरुलाई देशको भन्दा पनि कुर्चिको
चिन्ता धेरै छ ।”
कोणसभालाई अखिल छैठौँका डोटी जिल्ला
अध्यक्ष डबल तिरुवाले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन प्रशान्त थापाले गरेका थिए ।

0 comments:
Post a Comment