Home » » कहाँ अड्कियो प्रमुख तीन दल र मधेशी दलको वार्ता ? सुटुक्क बालुवाटार पुगे गच्छदार....

कहाँ अड्कियो प्रमुख तीन दल र मधेशी दलको वार्ता ? सुटुक्क बालुवाटार पुगे गच्छदार....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, ११ असोज । प्रमुख राजनीतिक दलले गठन
गरेको वार्ता टोली तथा आन्दोलनरत मधेशी
दलहरुबीचको वार्ता सकरात्मक भएको नेताहरुले
बताएका छन् ।
नयाँ संविधानप्रति असहमति जनाउँदै आन्दोलनमा
रहेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम
लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार
निवासमा पुगेर तीन दलको वार्ता टोलीले छलफल
गरेको थियो । तीन दलीय वार्ता टोलीमा
नेपाली काँग्रेसका नेता एवं वन तथा भूसंरक्षण मन्त्री
महेश आचार्य, नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेल
र एकीकृत नेकपा माओवादीका उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ छन् ।
मधेशी दलले वार्तामा बस्नुअघि आफ्ना
कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने,
सेनालाई ब्यारेक फर्काउनुपर्ने, घाइतेको निःशुल्क
उपचारको व्यवस्था हुनुपर्नेलगायत माग राखेपछि
वार्ता अड्किएको छ ।
आन्दोलनकारीका तर्फबाट उठाइएका कतिपय
विषयवस्तु संविधान संशोधन गरेर सम्बोधन गर्न सकिने
विश्वास दिलाएको एमाओवादी नेता श्रेष्ठले
जानकारी दिए । मधेसकेन्द्रित दलले खास गरी
सङ्घीय प्रदेशको सीमा, नागरिकता, समानुपातिक
तथा समावेशिताका विषयलाई केन्द्रित गरेर
आन्दोलन गर्दै आएका छन् ।
तीन दलको आइतबार बिहान बसेको बैठकले नयाँ
संविधानप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेका
मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीन
सदस्यीय समिति गठन गरेका थियो । तीन दलको
वार्ता टोलीले मङ्गलबार पनि आन्दोलनरत दलसँग
वार्ता गर्ने बताइएको छ ।
यसैबीच फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारले आइतबारै साँझ प्रधानमन्त्री सुशील
कोइरालासहित काँग्रेसका शीर्ष नेतासँग गोप्य
छलफल गरेका छन् । भेटवार्तालाई गोप्य राखिएकाले
थप जानकारी बाहिर आएको छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved