Home » » मधेस आन्दोलनमा एक हजार भत्ता र मासुभात !

मधेस आन्दोलनमा एक हजार भत्ता र मासुभात !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १२ असोज । मधेस आन्दोलनमा घुसेर
तोडफोडमा संलग्न भएवाफत पैसा पाइने गरेको
आन्दोलनका क्रममा पक्राउ परेकाहरूले प्रहरी समक्ष
बयान दिएको स्रोतले जनाएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार हिंसा भड्काएको
आरोपमा पक्राउ परेका आन्दोलनकारीले आफूहरूलाई
दैनिक एक हजार र मासुभात खान दिने सर्तमा
ल्याएको बयान प्रहरीमा दिएका छन् ।
‘मधेस आन्दोलनमा घुसपैठ गरेर तोडफोड गर्ने, भीडलाई
भड्काउने, प्रहरीमाथि आक्रमण गर्नेलगायतका कार्य
गरेवाफत रकम दिने भनिएको छ’, बयानका क्रममा
पक्राउ परेका आन्दोलनकारीले भनेको स्रोतको भनाइ
छ ।
ती आन्दोलनकारीले घुसपैठ गरेर आन्दोलन भड्काउँदा
सर्वसाधारण नागरिकको ज्यान जानुका साथै
सुरक्षाकर्मीको समेत ज्यान गइसकेको छ । स्वयं थुप्रै
आन्दोलनकारीको पनि मृत्यु भएको छ ।
यसैबीच, मधेसी मोर्चाले हुलाकी सडकमा गर्ने
भनिएको मावन साङ्लोका लागि वीस करोड खर्च
गर्न लागेको बुझिएको छ । त्यसकालागि मधेसी
मोर्चाले रकम जुटाइ सकेको स्रोतले जनाएको छ ।
आन्दोलनमा मान्छे आउन मन नगरेपछि रकम तिरेरै भए
पनि ल्याउन थालिएको सुरक्षा स्रोतको भनाइ छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved