भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
माओवादीले संसदीय व्यवस्थाका बिरुद्ध सशस्त्र
आन्दोलन गरेर देशलाई थला पारी सकेको थियो ।
राज्यका सुरक्षाकर्मीहरु आफ्ना व्यारेकमा राती
सुत्न सकिरहेका थिएनन् । सत्तामा बसेर संसदवादीहरु
भन्दै थिए, यि आतंकवादीहरुलाई राज्यले ठेगान
लगाउने छ ! त्यही मौकामा देशी बिदेशी अपराधिहरु
मिलेर षड्यन्त्र पुर्वक तरिकाले लोकपृय राजा
बिरेन्द्रको खानदान समाप्त गरियो र त्यो आरोप
निर्दोश राजा ज्ञानेन्द्र शाहको परिवार माथि
थोपर्ने काम गरियो !
म निर्दोश यस कारण भनि रहेको छु कि—राजा
बिरेन्द्रको बंशनाश गर्ने राजा ज्ञानेन्द्र शाह हुन भनेर
आरोप लगाउने संसदवादी र माओवादीहरु दिल्लीको
आड्मा सत्तामा आए र अहिले पनि नेपालको सत्ता
तिनीहरुकै हातमा छ । राजा ज्ञानेन्द्र शाह यदि
अपराधि थिए भने तिनलाई दन्डित गर्न किन सकेनन् ?
दिल्लीको ग्राइन्ड डिजाईनमा जनयुद्ध नामको
हिंसा मच्चाउने नृदयी प्रचण्ड र संसदीय व्यवस्थाको
ठेकेदार अर्को क्रुर तानाशाह गिरिजा प्रसादले हात
मिलाउँदा नयाँ व्यवस्था आयो भनेर ताली बजाउने
बिवेकहीन जालीहरु यति बेला कुन दुलामा पसेका
छन ? आफ्नो देशको सुरक्षा शक्ति बिदेशीको
निगरानीमा राखेर देश कमजोर बनाउने र
जनताकाबीच फाटो ल्याउने बिदेशीका
कमाराहरुको कुबुद्धिका कारण देश कमजोर भएको छ ।
अव देश माथि उठाउन त्यति सजिलो छैन । नेपाली
भएर बाँच्न चाहनेहरुले नेपाली सेनाका तागतमा
अपराधि सँग लड्न सक्ने र जनतालाई न्याय दिन सक्ने
नैतिक तागत भएको जनमुखी सत्ता स्थापना गर्न
सक्नुपर्छ । संबिधानको खोस्टो फुर्सदमा बनाउँदा
हुन्छ !
नेपाली भुगोलमा बसोवास गर्ने कुनै पनि जाती,धर्म
र समप्रदायको नेपाली नेपालको कुनै पनि भुभागमा
बिना रोकटोक अस्थायी वा जमिन खरिद गरेर
स्थायी रुपमा बसोवास गर्न पाउने बिगतको
व्ववस्था उत्तम थियो । यद्धपि अहिले पनि त्यो
सामाजिक र कानुनी रुपमा चलिरहेकै छ । तर
नेपालका राजनीतिक दलका नेताहरुले एउटा जातको
नेपाली अर्को जातको नेपालीको बस्ति र
भुगोलमा जान र बसोवास गर्न नसक्ने अवस्था सृजना
गराए ! लोकतन्त्रको आवरणमा समाजलाई छिन्न
भिन्न पार्ने यस्ता हरामीहरु सँग नेपाली जनताले एक
पटक कठोर लडाई लढ्नु पर्ने अवस्था आएको छ । यो
काम जनताले आफै गर्दा धनजनको निकै ठुलो क्षेति
पनि हुन सक्छ । राज्य र सरकारका स्थायी समरचनाले
तात्कालिन अवस्थालाई मुल्याङ्कन गरेर अघि बढ्दा
झनै उत्तम हुनेछ । देश र नेपाली जनतालाई आपसमै
जुधायर धाक लगाउने जो कोही सँग राज्यका कुनै
पनि निकायले डराउनु पर्ने कुनै कारण छैन । अपराधि
भनेको त अपराधि नै हो नि ! यो संकटबाट देशको
रक्षा गर्न र जनताको जीवनको सुरक्षा गर्न जस्ले
हिम्मत गर्न सक्छ,त्यो इतिहासमा चर्चा गर्न लायक
बाहादुर हुनेछ ! त्यसपछि यो मुद्धाको फैसला नेपाली
जनताले गर्ने हो ! लेखक तथा विश्लेषकः अनिल योगी
को फेसबुक बाट साभार

0 comments:
Post a Comment