Home » » रुक्मांगद कट्वाल भन्छन्, ‘हामीलाई लडाउने भिडाउने ?’

रुक्मांगद कट्वाल भन्छन्, ‘हामीलाई लडाउने भिडाउने ?’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, २४ भदौ ।
पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले मधेसी नेताको
आन्दोलन विदेशी शक्तिको चलखेलमा भएको दाबी
गरेको अडियो सार्वजनिक भएको छ ।
नेपालदेशडटकमले सार्वजनिक गरेको एक अडियो टेपमा
नेपाली नेपालीलाई आपसमा लडाएर मार्न मधेसमा
प्रदर्शन भएको उनले बताएका छन् । नेपालमा रक्तपात
मच्चाउन संघीयताको विषय विदेशीको रुचिमा
आएको समेत उनले बताएका छन् । पाँच विकास क्षेत्र र
चौध अञ्चल सबैले मान्दै आएको र राजाले बनाएको
भएर सबैले मानेको पनि उनको अडियोमा सुन्न
सकिन्छ । सबै जातजाति र धर्मावलम्बी मिलेर बसेको
अवस्थामा विदेशीको रुचीमा नेपालमा यस्तो
अवस्था सिर्जना गरिएको उनको ठहर छ ।
मधेसी नेताको जीवनशैलीले उनीहरु तराईवासी
जनताको पक्षमा नरहेको प्रष्ट हुने संकेत कट्वालले गरेका
छन् । उनले भनेका छन्, ‘मधेसी नेता कहाँ बस्छन्, कहाँ
खान्छन्, छोराछोरी कहाँ पढाउँछन् ? तिनको घर
कहाँ छ ? तिनीहरुको स्वार्थ कहाँ छ ? के तिनीहरु
तराईमा बस्छन् ? तराईका जनताको कुरा लिएर
तिनीहरु कराउने ?
तराईका नेताले कहिले नागरिकता लिए र उनीहरुले
केके गतिविधि गर्छन् भन्ने कुराको खोजबिन हुनुपर्ने
तर्क उनले गरेका छन् । मधेसी नेता मधेसमा नबस्ने गरेको र
उनीहरुको सुखदुःखमा सहभागी नभएका नेताले
मधेसको अधिकारको कुरा गर्नु व्यर्थ भएको
कटवालको भनाइमा बुझिन्छ ।
-nepalese.org

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved