Home » » राज्य पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि क्रुर : पुर्व गृहराज्यमन्त्री अन्सारी

राज्य पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि क्रुर : पुर्व गृहराज्यमन्त्री अन्सारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र १९, २०७२- संघिय समाजवादी फोरम
नेपालका नेता एवं पूर्व गृहराज्य मन्त्री
रिजवान अन्सारीले अहिले राज्य पूर्व राजा
ज्ञानेन्द्रभन्दा पनि क्रुर भएको आरोप
लगाएका छन् । मधेसमा अधिकारका लागि
भइरहेको आन्दोलनमा ताकिताकि छाती र
टाउकोमा गोली हानी राज्यपक्षले
क्रुरताको चरम सिमा पार गरेको उनले आरोप
लगाए ।
विराटनगरमा आज आयोजित पत्रकार
सम्मेलनमा अन्सारीले भने, ‘काठमाडौंमा
हिन्दु राष्ट्र माग्दै निषेधित क्षेत्र तोड्न
खोज्नेलाई पानीको फोहोरा हान्ने अनि
मधेसमा गोली ठोक्ने, यो कहाँको न्याय
हो ? यो मधेशमाथी राज्यको क्रुरताको
नमुना हो ।’ उनले पछिल्लो समय एमाले अध्यक्ष
केपी शर्मा ओली ज्ञानेन्द्रपथमा गएको
आरोप लगाए । ठुला भनिएका दलका नेताहरू
असक्षम, अदुरदर्शी र नालायक भएकै कारण मुलुक
यो अवस्थामा पुगेको बताउँदै अन्सारीले ठुला
पार्टीका नेतामा नैतिकताको अभाव
देखिएको बताए ।
नेपालको राष्ट्रिय एकता र अखण्डतामा कुनै
सम्झौता हुन नसक्ने बताउँदै अन्सारीले भने,
‘हामीलाई जति मधेस प्यारो छ, त्यति नै
नेपाल प्यारो छ, हामी सार्वभौमसत्ता
सम्पन्न नेपाल भित्रै आफ्नो अधिकार र
स्वायत्तता सहितको मधेस प्रदेशको मागमा
अडिग छौं ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

1 comment:

  1. फरक यत्ति छ को हातहतियार र गोली गट्ठाले सुसज्जित आन्दोलनमा छ वा शान्तिपुर्ण आन्दोलनमा छ ।।

    ReplyDelete

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved