भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं—एसिसी अन्डर-१९ प्रिमियर लिगमा
बिहीबार बिहान नेपाली बलरहरुले जादुयी प्रदर्शन
गरेका छन्। मलेसियामा जारी प्रतियोगिता
अन्तर्गत साउदी अरबलाइ नेपालले ५५ रनमा अलअाउट
गरेको हो।
टस जितेर ब्याटिङ रोजेको साउदी टोली नेपाली
बलर सामु निरीह सावित भयो। नेपाली बलरहरुको
धारिलो प्रहार सामना गर्न नसक्दा ३३.३ ओभरमा
५५ रन बनाएर साउदी अलआउट भएको हो।
१० ओभर फूल स्पेल बलिङ गरेका सुशील कँडेलले ९ मेडन
ओभर राख्दै १२ रन दिएर ४ विकेट लिए। ६ ओभर बलिङ
गरेका सुनिल धमालाले ३ ओभर मेडन राख्दै दुई साउदी
ब्याट्सम्यानलाई पेभेलियन फर्काए। प्रेम तामाङको
हातमा दुई विकेट प¥यो।
दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी तथा दीपेश श्रेष्ठले
साउदी टोलीलाई धरासायी बनाउन अतिरिक्त
भूमिका निर्वाह गरे।
५६ रनको चुनौती पाएको नेपाल जवाफी
ब्याटिङमा उत्रँदैछ।
0 comments:
Post a Comment