Home » » सम्बन्ध बिग्रिएपनि माग्ने बुडोले भने, ‘धुर्मुस मेरो प्रिय हास्यकलाकार’

सम्बन्ध बिग्रिएपनि माग्ने बुडोले भने, ‘धुर्मुस मेरो प्रिय हास्यकलाकार’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाण्डौँ । धेरैलाई थाहा छ,
मेरी बास्सैका हास्यकलाकार सिताराम
कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुडो’
विचको सम्बन्ध अहिले राम्रो छैन् । केदारले
‘मेरी बास्सै’ छोडेको अभिव्यक्ति दिइसकेका
छन् । उनी मेरी बास्सैमा हुँदा पनि यि दुईको
सिनको सुटिङ सँगै नभएको धेरै समय भएको
थियो । उनीहरुको सम्बन्ध बिग्रिनुमा
‘आर्थिक पक्ष’ नै मुख्य कारण रहेको श्रोतको
दाबी छ ।
यद्यपी केदारले शुक्रबार साप्ताहिकसँगको
कुराकानीमा आफुलाई मनपर्ने नेपाली हास्य
कलाकार ‘धुर्मुस’ रहेको प्रतिक्रिया दिएका
छन् । उनले आफुलाई धुर्मुसको ‘भर्सटायल’ अभिनय
मनपर्ने बताए । भने, ‘उनी नेपालका एक यस्ता
अभिनेता हुन् जसले विभिन्न भुमिकामा अभिनय
गर्न सक्छन् । यस्तो क्षमता कमैमा हुन्छ ।’
केदारले आफुलाई अमेरिकी कमेडियन ह्यारी
ल्याङडन पनि असाध्यै मनपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘ह्यारी साइलेन्ट कमेडीका
बादशाह नै हुन् । उनको अभिनयदेखि म फिदा
हुन्छु । उनी जीवन्त अभिनय गर्छन् । गरिब र
गरिबीसँग सम्बन्धित विषयलाई उठाउँछन् ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved