भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बुधबार, भाद्र २३
सामाजिक सञ्जालमार्फत चिनिएका साथीहरूलाई
तपाईं कति विश्वासमा गर्नुहुन्छ? उनीहरूका मीठा
कुरामा मख्ख परेर विश्वास गर्दा ठूलो धोका हुन
सक्छ । तपाईंको विश्वासको फाइदा उठाउँदै
कतिपयले मन र धन मात्रै होइन ज्यानै लिन सक्छन् ।
फेसबुक, ट्वीटर, इमोल, इन्टरनेट र मोबाइलको दुरूपयोग
गरेर धेरैको जीउ, धन लुटेका घटना सार्वजनिक
भइरहेको बेला पर्यटकीय नगरी पोखरामा जघन्य
अपराध भएको छ ।
नेपालमा भूकम्पले लाखौँ नेपालीको बिचल्ली भएको
सुनेर राहत दिन आएकी २५ वर्षीया अमेरिकी युवती
डालिय याहियाले सामाजिक सञ्जालमा
चिनिएको युवकलाई धेरै विश्वास गर्दा ज्यान गएको
छ । विश्वभरका मानिसबीच मित्रता फैलाउने
उद्देश्यलार्य बनाइएको ‘काउच सर्फिङ’ सामाजिक
सञ्जालमा चिनिएका पुरूषको भर पर्दा डालियाले
ज्यान गुमाएकी हुन् ।
गोरखाको भूकम्प पीडितलाई राहत दिएर काउच
सर्फिङमा आबद्ध कास्कीको धिताल ३ का ३२
वर्षीय नारायणप्रसाद पौडेलले डालियालाई
पोखरा १ सिम्पानीस्थित डेरामा लगेर गत साउन २२
गते राति हत्या गरेका हुन् । काउच सर्फिङ मार्फत
परिचित पौडेललाई भेट्न डालिया साउन १९ गते
पोखरा आइपुगेकी थिइन् । पौडेलसँगै पोखराको
विभिन्न स्थानमा घुमफिर गरी तीन रात एउटै
कोठमा बसेकी उनलाई चौँथो दिन साउन २२ गते
मध्यराति पौडेलल घन र गजवारले टाउकोमा हानेर
हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । ‘धेरै नै
पैसा होला भनेर हत्या गरेको बयान दिएको छ,
कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले भने,‘के
कारणले हत्या गरेको हो, त्यसबारे अनुसन्धान भइरहेको
छ ।
धितालस्थित कैलाख टेन्सु प्राविका शिक्षक पौडेल
र डालिया साउन २२ गते शुक्रबार दिनभर लेकसाइडमा
घुमफिर गरेर कोठमा फर्केका थिए । अभियुक्त पौडेलले
पैसाका लागि हत्या गरेको बयान दिएपनि
अनुसन्धान टोलीले राति सुत्ने क्रममा डालियासँग
यौन सम्पर्क राख्न खोजेको अस्वीकार गर्दा
रिसको झोंकमा हत्या गरेको हुनसक्ने अनुमान गरेको छ
। ‘पैसाका लागि हत्या गरेको भने पनि डालियासँग
लाखौँ रूपैयाँ थिएन । जम्मा पाँच हजार रूपैया मात्रै
रहेछ’, प्रहरी स्रोतले भन्यो, राति डेरामा एउटै
कोठामा सँगै सुत्दा पौडेल उत्तेजित भएर करणी गर्न
खोज्दा नमानेपछि आक्रोशित भएर मारेको हुनसक्छ ।
समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।
0 comments:
Post a Comment