भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
(एजेन्सी) भारतको उत्तर प्रदेशस्थित एक
अस्पतालका चिकित्सकले बच्चालाई
लिलामीमा राखेपछि उनीमाथि
कानूनी कारबाही हुने भएको छ । डाक्टर
जितेन्द्र चौधरीले एक कुमारी आमाको
शल्यक्रिया गरेका थिए । उनले
शल्यक्रियापछि उक्त युवतीलाई बाबु
बिनाको बच्चा राख्दा समाजमा
अपहेलित भइने भन्दै बच्चालाई
लिलामीमा राख्न उक्साए । त्यसपछि
महिलाको उपचारमा संलग्न चिकित्सक र
अस्पतालका मालिक जीतेन्द्रले थुप्रैलाई
फोन गरेर बच्चा लिन बोलाए ।
सूचना पाएपछि बच्चा किन्नका लागि
थुप्रै व्यक्ति भेला भए । बच्चाका लागि
कलीम अहमद नामका एक व्यक्तिले २०
हजार खर्चने बताएका थिए । त्यस्तै एक
धनाढ्य जोडीले बच्चाका लागि
सर्वाधिक ५० हजार खर्चने बताए ।
त्यसपछि रुष्ट देखिएका कलिमले
प्रहरीलाई खबर गरे । प्रहरीले अहिले
डाक्टर जीतेन्द्र चौधरीलाई गिरफ्तार
गरेको छ । कलिमले डाक्टर चौधरीले
नक्कली डिग्री लिएर काम गरिरहेको
आरोप समेत लगाएका छन् । छानविन
गरिरहेका प्रहरी अधिकृत अरुणकुमार
सिंहले बच्चालाई ति धनाढ्य दम्पतीबाट
छुटाएर प्रहरी सुरक्षामा राखिएको
तथा जीतेन्द्र चौधरी र शल्यक्रिया
संलग्न चिकित्सकलाई पक्राउ गरिएको
बताए । चौधरीसँग अस्पतालको लाईसेन्स
तथा सम्बन्धित डिग्री अहिलेसम्म
भेटिएको छैन् । यस सम्बन्धि छानविन
जारी छ । त्यस्तै बच्चाका सम्बन्धमा
भारतको सर्वोच्च अदालतले नै फैसला
गर्नेछ ।
0 comments:
Post a Comment