भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असोज ३ कपिलबस्तु– जिल्लाको वाणगंगा
नगरपालिका जीतपुर चारनम्बरमा
स्थानीय बजारबासी र बन्दकर्ता विच
आइतबार आज विहान झडप भएको छ ।
झडपमा ७ जना घाईते भएको इलाका
प्रहरी कार्यालय पिपराका प्रहरी
निरीक्षक मुरली मोहन अधिकारीले
जानकारी दिए ।
घाईते ४ जनाको स्थानीय युनाईटेड
अस्पताल चारनम्बरमा उपचार भैरहेको र
अन्य ३ जनाको थप उपचारको लागी
बुटबल रिफर गरिएको उनले बताए ।
घाइते हुनेमा माओबादी चन्द पक्षका ६
जना कार्यकर्ता रहेका छन् । जसमा हेमन्त
चौधरी, राकेश चौधरी, भरत पुन, बाला
थापा, सर्कु पाल, गणेश थारु, रहेका छन् भने
स्थानिय एक जना सुदिप खड्का रहेको
प्रहरीले जनाएको छ । चन्द नेतृत्वको नेकपा
माओवादीले गरेको बन्दको विरोधमा
चारनम्बरका व्यवसायी उत्रिएपछि
बन्दकर्ता र स्थानियबासीवीच झडपको
स्थिती सृजना भएको होे ।
नेकपा माओबादीका जिल्ला सेक्रेटरी
संगम पुनको नेतृत्वमा गएको बन्दकर्ताको
टालीले बजार बन्द गराउन अनुरोध गर्दा
स्थानीयले नमानेपछि पछि झडपको
स्थिती हुन आएको प्रहरीले जनाएको छ ।
यस अघि नै चारनम्बर क्षेत्रलाई स्थानिय
बजारबासीले बन्द निशेधित क्षेत्र
घोषणा गरेका थिए । जुन पक्षले बन्द
आयोजना गरेपनि चारनम्बर बजार बन्द गर्न
नपाउने नियम स्थानियबासी र
व्यवसायिले यस अघि नै गरेका थिए ।
त्यसो हँुदा यो क्षेत्रमा मधेसबादी
दलको करिब ३९ दिन देखिको बन्दको
प्रभाव परेको छैन्, जिल्लाका अरु क्षेत्रमा
भने बन्दको प्रभाव परेको छ । चन्द नेतृत्वको
नेकपा माओबादीले नया संबिधानको
बिरोध गर्दै आज नेपाल बन्दको आयोजना
गरेको हो ।
यसैबिच नेकपा माओबादी वैद्य समुहले पनि
आज कपिलवस्तु बन्दको आहन गरेको छ । आज
घोषणा हुन थालेको संबिधान
प्रतिमागी भएको भन्दै कपिलवस्तु बन्दको
आहन गरेको नेकपा माओबादी
कपिलवस्तुका सचिव सचिव समिर केशिले
जानकारी दिए । बन्दको प्रभाव
कपिलवस्तुका विभिन्न क्षेत्रहरुमा परेको
छ ।
यता गत साउन २८ गते देखि मधेसबादी
दलहरुले संबिधानको बिरोध गर्दै तराईका
जिल्ला बन्द गराउदै आएका छन् । बन्दले
कपिलवस्तुको राजमार्ग क्षेत्रमा त्यति
प्रभाव नपरेको पनि दक्षिणी क्षेत्र
सदरमुकाम तौलिहवा, कृष्णनगर,
बहादुरगञ्ज, चन्द्रौटा लगायत ठाउको
जनजिवन कष्टकर बनेको छ ।
0 comments:
Post a Comment