भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
३ असोज, भैरहवा । नयाँ संविधान घोषणाको
दिनलाई ‘कालो दिन’को संज्ञा दिएका मधेसी
मोर्चाका कार्यकर्ताहरुले आइतबार नवलपरासीमा
कालोझण्डा सहित जुलुस निकालेका छन् ।
शान्ति चोकदेखि मञ्जरिया चोकसम्म र्याली मौन
जुलुस निकालिएको हो । जुलुसमा सहभागीहरुले
हातमा कालो झण्डा बोकेका थिए भने मुखमा
कालोपट्टी बाँधेका थिए ।
नवलपरासी सदरमुकाम परासीमा भने स्थानीय
प्रशासनले निषेधाज्ञा जारी राखेको छ ।
नयाँ संविधानमा आफूहरुका माग सम्वोधन नभएको
भन्दै मधेसी मोर्चाले देशभर विरोध प्रदर्शन र
आन्दोलनलाई जारी राखेको छ । मधेस केन्द्रित दलहरुले
आजको दिनलाई कालो दिवसका रुपमा मनाउन
आहृवान गरेका छन् ।
आइतबार विरोध प्रदर्शनको क्रममा वीरगञ्जमा
प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ भने
सप्तरी र सिराहामा पनि तनाव छ ।
0 comments:
Post a Comment