Home » » आगामी हिउँदमा कति घण्टा लोडसेडिङ गर्ने भनेर मन्त्री र सचिवबीच विवाद....

आगामी हिउँदमा कति घण्टा लोडसेडिङ गर्ने भनेर मन्त्री र सचिवबीच विवाद....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १८ भदौ । वर्षातको समयमा समेत दैनिक सात घण्टाभन्दा बढी लोडसेडिङको समस्या भोगिरहेका सर्वसाधारणका लागि लोडसेडिङ न्यूनीकरण गर्ने योजनामा समेत उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीविच विवाद देखिएको छ ।

सरकारले आगामी हिउँदमा दैनिक ८ घन्टा र नेपाल विद्युत प्राधिकरणले दैनिक १३ घण्टासम्म लोडसेडिङ गर्ने सार्वजनिक गरेर जनतामा त्रास फैलाइरहेका बेला मन्त्री र सचिवविच विवाद देखिएको समाचार राजधानी दैनिकले छापेको छ ।

मन्त्रीले सोलार र सचिवले डिजेल प्लान्टतिर जोड दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved