Home » » ढुकुटीमा ७५ लाख ठगी गर्ने केदार मानन्धरलाई प्रहरीले किन छाड्यो ?

ढुकुटीमा ७५ लाख ठगी गर्ने केदार मानन्धरलाई प्रहरीले किन छाड्यो ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १८ भदौ । नेपालमा गैर कानुनी मानिने ढुकुटीको धन्दा नै संचालन गरेर ७५ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले आपसी लेनदेनभन्दै कारबाही नगरी छाडेको छ ।

सीतापाइलामा रहेको सीतापाइला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धर र उनकी श्रीमती शर्मिलाले संचालन गरेको ढुकुटीबाट ठगिएका एक व्यक्तिले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएको समाचार आर्थिक दैनिकले छापेको छ ।

तर प्रहरीले लेनदेनको कागज गराएर उनीहरुलाई छाडेको छ ।

राष्ट्रिय सहकारी बोर्डका सदस्यसमेत रहेका मानन्धर र उनकी पत्नीले ढुकुटी खेलाएर ७५ लाख ठगी गरेको र पैसा फिर्ता माग्दा भुक्तानी वापत दिएको २५ लाख रुपैयाँको चेक बाउन्स भएपछि नृपेन्द्र श्रेष्ठले उजुरी हालेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved