Home » » ओली भेटेर के भने मोदीका विशेष दूतले, ओली फकाए कि ओलीले फकाए ?

ओली भेटेर के भने मोदीका विशेष दूतले, ओली फकाए कि ओलीले फकाए ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाण्डु, १ असोज– नेकपा एमालेका अध्यक्ष केपी
ओलीका विशेष दूत बनेर नेता प्रदीप ज्ञवाली भारत
गएर उच्च तहका राजनीतिक नेतृत्वसँग भेटघाट गरेपछि
भारतबाट आएका विशेष दूतले ओलीलाई भेटेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका
रुपमा नेपाल आएक विदेश सचिव एस जयशंकरले सबैभन्दा
पहिले ओलीसँग भेटर्वार्ता गरेका हुन् ।
मधेसीलाई वाइपास गरेर संविधान निर्माण गरेकोभन्दै
रुष्ट रहेको भारतले संविधान निर्माणमा मुख्य भूमिका
रहेका ओलीमाथि आक्रोस पोखेको विश्लेषहरु
बताउँछन् । त्यसो त केही समयअघि भारतीय राजदूत
रञ्जित रेले पनि ओलीलाई भेटेर मधेसी दललाई पनि सँगै
मिलाएर संविधान जारी गर्न भनेका थिए । तर,
त्यसो हुन नसकेपछि एमाओवादी अध्यक्ष पुष्प कमल
दाहाल प्रचण्डसँग मिलेर कांग्रेसलाई दबाबमा राख्दै
पक्रियाबाट संविधान निर्माण गर्नमा दोस्रो
ठूलो दलको हैसियतले ओलीको भूमिका महत्वपूर्ण
रहेको भारतको ठम्याइ हुन सक्छ ।
कांगे्रसलाई आफ्नो पक्षमा पार्न सक्ने भएता पनि
ओली र प्रचण्ड मिलेपछि जुनकुनै हालतमा संविधान
जारी गर्ने मनसाय बनाएर कांग्रेसलाई दबाब सृजना
गरेको स्रोतले यसअघि नै दाबी गरिसकेको छ । उता
कांग्रेस भित्रैबाट पनि कृष्ण सिटौला र शेरबहादुर
देउवा पनि जुनसुकै हालतमा संविधान निर्माणको
पक्षमा उभिएका थिए ।
यस्तो अवस्थामा प्रधानमन्त्रीका दाबेदार
ओलीलाई भारतले प्राथमिकतामा राख्दै भेट गर्न
खोज्नु असामान्य नहोला । ओलीसँगको भेटमा दूतले
मधेसी दललाई पनि संविधानमा समेट्न आग्रह त गर्लान्
नै त्यसभन्दा प्रधानमन्त्री बन्न ठिक्क परेका
ओलीलाई आफ्नो पकडमा लिन प्रयास पनि हुने स्रोत
बताउँछ ।
मोदीको विशेष सन्देश दिन आएका दूतले ओलीलाई के
भने ? त्यो केही समयमै थाहा होला तर, ओलीको
रबैयाबाट दुःखी रहेको भारतलाई ओलीले कसरी
मनाउलान् त्यो पनि अर्को पाटो हो । किन भने
सरकार निर्माणमा भारतीय चाहना विपरित कसैले
कुर्सी आफ्नो पकडमा पार्न नसक्ने सबैले बुझिसकेका छन्
। पारे पनि त्यो लामो समय टिक्ने नटिक्नेमा प्रश्न
उत्तिकै आउन सक्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved