भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असोज १ काठमाडौं – एउटा बहसपछि पार्टी गठन
गर्ने तयारी सहित नेपालका चर्चित डा.
उपेन्द्र देवकोटाको नेतृत्वमा ‘राष्ट्रिय
जागरण अभियान, नेपाल’ गठन गरिएको छ
। नेपालमा नयाँ शक्तिको बहस चलिरहेकै
बेला डा. देवकोटाले नयाँ पार्टीको
अवधारणासहित अभियान शुरुवात गरेका
हुन् ।
अभियानका प्रवक्ता डा.विनोद
न्यौपानेले जारी गरिएको विज्ञप्तिमा
देशलाई विघटन र विसर्जनको दिशामा
धकेल्न खोजिएको भन्दै ‘राष्ट्रिय जागरण
अभियान, नेपाल’ गठन गरिएको
बताइएको छ । न्यौपानेले रातोपाटीसँग
कुरा गर्दै दीर्घकालमा अभियानले
पार्टीको आकार लिन सक्ने बताए ।
यो नयाँ शक्तिमा डा. देवकोटासहित
भरत दाहाल, अनारसिंह
कार्कीलगायतका व्यक्तिहरु रहेका छन् ।
उनले जारी गरिएको विज्ञप्तिमा
भनिएको छ :
नेपालको संवेदनशिल भू–राजनीतिक
महत्वलाई दुरुपयोग गरेर देशभित्र र
बाहिरका अबान्छित शक्तिहरुको
स्वार्थको प्रयोगशाला बनाउने
योजनानुसार विगत केहि बर्षदेखि
गहिरो बनाउँदै ल्याईएको संकट अब
सारभूत रुपमा राष्ट्रिय संकटका रुपमा
विकास भएको छ । नेपालीहरुका
राजनीतिक, आर्थिक, सामाजिक–
साँस्कृतिक, नैतिक, जनजिविका आदि
क्षेत्रका समस्याहरु राष्ट्र ÷
राष्ट्रियताको प्रश्नका वरिपरि
एकिकृत हुन पुगेका छन् ।
अबान्छित शक्तिहरुद्वारा विघटन र
विसर्जनको दिशामा धकेल्न खोजिएको
राष्ट्र÷राष्ट्रियताको प्रश्नलाई
समाधान नगरिकन जनताका बाँकि
समस्या समाधान गर्न संभव छैन भन्ने
ऐतिहासिक अनुभवको निष्कर्षलाई
ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र
योजनाका आधारमा देशव्यापी रुपमा
राष्ट्रिय जागरण अभियान उठाउनका
लागि डा.उपेन्द्र देवकोटाको
संयोजकत्वमा ‘राष्ट्रिय जागरण
अभियान, नेपाल’ गठन भएको छ ।
नेपालको मौलिकता, सापेक्षता र
आवश्यकता अनुसार राजनीतिक, आर्थिक,
सामाजिक, नैतिक, मनोवैज्ञानिक
प्रणालीको विकासका लागि मौलिक
चिन्तन प्रणालीलाई संगठित गर्नु, आम
देशभक्तहरु राष्ट्रको छातामुनि अटाउन
सक्ने विचार र संगठनको निर्माण गर्नु
तथा नेपालको स्वाधिनता र आर्थिक
विकासको वाधाका रुपमा रहेको बाह्य
दबावको अन्त्यलाई केन्द्रमा राखेर
जनतामा जानु अभियानको मूख्य उद्देश्य
रहेको छ ।
नेपालको संकटको समाधानको प्रश्न एक
थान संविधान बन्नु वा नबन्नुमा निहित
छैन । संविधान निर्माण र राज्यको
कथित पुनर्संरचनाबारे अहिलेसम्म
सुनिएका दलीय मागहरुले देशको संकट
समाधानको आवाजको प्रतिनिधित्व
गर्दैनन् । दशकौंदेखिको यो गोलचक्करबाट
मुक्तिका लागि नेपालीहरु नयाँ
चेतनाबाट उठ्नुको विकल्प छैन । यसका
लागि अभियानलाई साथ दिनका
लागि हामी आम नेपालीहरुमा अपिल
गर्दछौं ।
0 comments:
Post a Comment