Home » » कपाल पाल्नु तथा मुन्द्रा लगाउनु व्यक्तिको स्वतन्त्रता : सर्वोच्च

कपाल पाल्नु तथा मुन्द्रा लगाउनु व्यक्तिको स्वतन्त्रता : सर्वोच्च

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले लामो
कपाल पाल्नु तथा मुन्द्रा लगाउने व्यक्तिको
स्वतन्त्रता भएको फैसला गरेको छ ।
साथै लामो कपाल पालेको तथा मुन्द्रा लगाएकै
आधारमा कसैलाई पनि पक्राउ गरी कारबाही नगर्न
सरकारका नाममा परामादेश जारी गरेको छ ।
२०६९ फागुन १५ मा महानगरीय प्रहरी परिसर
काठमाडौंले लामो कपाल पाल्ने तथा मुन्द्रा लगाउने
युवाहरुलाई पक्राउ गरेको थियो ।
पहिलो दिन नै ७११ जना पक्राउ परेका थिए ।
प्रहरीले पक्राउ परेकाहरुको कपाल काट्ने, मुन्द्रा
फुकाल्ने गरेपछि ल स्टेडेन्ट्स सोसाइटीको तर्फबाट
सुवाष लामिछाने र विकल्प राजभण्डारीले संयुक्त
रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले त्यसबेला नै अन्तरिम आदेश दिएर प्रहरीको
उक्त अभियानलाई रोकेको थियो । बुधबार
प्रधान्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश
मिश्रको इजलासले अन्तिम फैसला गरेको छ ।
अदालतले आभुषण, श्रृगार व्यक्तिको स्वतन्त्रताको
विषय भएको भन्दै बन्देज नलगाउन सरकारको नाममा
परामादेश जारी गरेको छ ।
कुनैपनि व्यक्तिलाई लामो कपाल भएकै आधारमा
पक्राउ गर्न वा पक्राउ परेको कुनै व्यक्तिलाई निजको
आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्ने, जुगाँ
काट्ने, मुन्द्रा झिक्न लगाउने लगायतका व्यवहार नगर्न
भनिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved