Home » » समुद्रमा डुबेका बालकको अन्त्येष्टि...

समुद्रमा डुबेका बालकको अन्त्येष्टि...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र १८, २०७२- युरोप छिर्ने क्रममा समुद्रमा
डुंगा डुबेर मृत्यु भएका ३ वर्षका बालक एलान
कुर्दीको उनकै सहर कोबानीमा अन्त्येष्टि
गरिएको छ । सिरियाबाट शरणार्थीका रुपमा
युरोप छिर्न खोज्दा डुंगा पल्टिएर मृत्यु भएका
एलानको समुद्र तटमा घोप्टो परेर बसेको शवको
तस्विरले संसारभर तरंग ल्याएको छ ।
बुधबार बिहान उनको तस्विर सार्वजनिक
भएपछि मिडियामा युरोपको शरणार्थी
नीतिबारे बहस सुरु भएको छ । तीन वर्षिय
एलानका साथ उनका ५ वर्षका दाजु गालिप,
आमा रिहानसमेतको डुबेर मृत्यु भएको थियो ।
उनका पिता अब्दुल्लाह कुर्दीले भने ज्यान
जोगाउन सकेका थिए । कोबानीमा पिता
अब्दुल्लाहले एलानको अन्त्येष्टि गरे । उनको
शवलाई जमिनमा गाडिएको थियो ।
आफ्ना दुई छोरा र श्रीमतीको अन्त्येष्टि पछि
अब्दुल्लाहले अरब क्षेत्रलाई सिरियाली
शरणार्थीका बारे गम्भीर भएर सहयोग गर्न
आह्वान गरे । ‘म चाहन्छु यो नै अन्तिम दुर्घटना
बनोस्, अरु शरणार्थीले यसरी ज्यान गुमाउनु
नपारोस्,’ उनले भने ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved