Home » » गच्छदारसहितको शीर्ष बैठक बालुवाटारमा

गच्छदारसहितको शीर्ष बैठक बालुवाटारमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं : आफ्ना माग सम्बोधन नभएको भन्दै
संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष
विजय गच्छारसहित को शीर्ष बैठक बालुवाटारमा
बसिरहेको छ ।
साँझ पाँच बजेबाट शुरु बैठकमा कांग्रेस, एमाले,
एमाओवादी र फोरम लोकतान्त्रिकका नेताहरु
सहभागी छन् ।
‘विजय गच्छदारसहितको शीर्ष बैठक प्रधानमन्त्री
निवासमा बसिरहेको छ’, एमाओवादी अध्यक्ष
प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले भने,
‘एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता
बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ
सहभागी हुनुहुनुन्छ ।’
संविधान निर्माणका लागि प्रमुख दलहरुबीच १६ बुँदे
सहमति गराउन निर्णायक भूमिका खेलेका गच्छदार
आफ्ना मागबारे शीर्ष नेताले सुनुवाइ नगरेपछि
असन्तुष्टी जनाउँदै संविधन निर्माण प्रक्रियाबाट
बाहिरिएका थिए ।
संविधान निर्माण प्रक्रियामा सहभागी हुन तीन
दलले गरेको प्रस्तावबारे प्रतिक्रिया दिँदै गच्छदारले
आफ्ना चार बुँदे माग पुरा गरे संविधान निर्माण
प्रक्रियामा सहभागी हुने बताएका छन् ।
गच्छदारले सीमांकनमा फेरबदल हुनुपर्ने, थरुहट प्रदेश
कायम गरिनुपर्ने, समानुपातिक समावेशी
सिद्धान्तको प्रत्याभूति हुनुपर्ने, अन्तरिम
संविधानअनुसार निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने
र स्थानीय भाषालाई राष्ट्रिय भाषाका रूपमा
मान्यता दिनुपर्ने माग गरेका छन् ।
तर तीन शीर्ष नेताबाट यस सम्बन्धमा कुनै ठोस
दृष्टिकोण नआएको उनले बताउँदै आएका छन् । प्रमुख
दलहरुले गच्छदारको मोर्चा, थारु समुदाय र उपेन्द्र
यादव नेतृत्वको मोर्चासँग पनि अनौपचारिक वार्ता
गर्दै आएका छन् ।
थारु समुदाय र गच्छदारको मोर्चाले सहमतिमा आउने
संकेत दिएपनि उपेन्द्रको मोर्चाले वार्तामा बस्न
अस्वीकार गर्दै आएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved