भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
सरकारले भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३
बमोजिम नेपालमा स्थानीय बसोबास गर्ने
नागरिकले विदेशमा गई नेपाल फर्कदाँ व्यक्तिगत
प्रयोजनका लागि सामान ल्याउँदा पूर्ण भन्सार
छुट दिने गरेको छ। जसमा लुगाफाटा,
बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र
औषधी उपचार गराई नेपाल फर्केका विरामीले
ल्याउने औषधीमा कुनै भन्सार कर नलाग्ने भन्सार
कार्यालय गैरीगाउँको सहजकर्ता परमेश्वर यादवले
जानकारी दिए।
त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा
प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र
ट्राइसाइकल एक-एक थान र घडी, स्टिल क्यामरा,
भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ,
ट्याबलेट वा ल्यापटप वा कम्प्युटर पनि एक-एक थान
ल्याउन पाइने यादवले जानकारी दिए।
साथै सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी
तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार
रुपैयाँ मूल्यसम्मको जवाहरात जडितसाथमा ल्याएको
गहना गुरिया र पेशागत यात्रुले प्रयोग गरी ल्याएको
सामान्य प्रकारका सामानहरु एक-एक थानमा पूर्ण
भन्सार छुट रहेको प्रमुख भन्सार अधिकुत केशव उप्रेतीले
जानकारी दिए।
त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक
लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका
सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर,
सिलाई मिसिन, ग्यास टेबुल, इस्त्री (आइरन),
राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार
छुट हुनेछ।
त्यस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य
यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान
जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको
सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला,
जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने
यादवले जानकारी दिए।
यस बाहेक सात किलोग्रामसम्म खाद्य परिकार, १.१५
लिटरसम्म मदिरा ल्याउन पाउने छन्। नेपाल सरकाको
दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा सीज
समेत हुने यादवले बताए। यस्ता मालसामान नेपाल
आउनु अघि वा पछि नेपाल प्रवेश गरेको मितिले तीन
महिना भित्र भन्सार गोदाममा दाखिला हुनुपर्ने
कार्यलयले जानकारी दिएको छ।
त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको
मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार
कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति
दिनसक्ने भन्सारकार्यलय गैरीगाउँले जानकारी
दिएको छ।
यसको साथै विदेशमा ६ महिनाभन्दा बढी बसेर
फर्किने यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका
गहना र एक किलो ग्रामसम्म चाँदी तथा चाँदीका
गहना महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार
कार्यलयले जानकारी दिएको छ। उक्त परिमाणमध्ये
सुन तथा सुनको गहना पचास ग्राम र चाँदी तथा
चादीँको गहनामा पाँचसय ग्रामसम्ममा छुट दिई
बाँकी परिमाणमा मात्र महसुल लाग्ने भन्सार
कार्यलयले जानकारी दिएको छ।
साथै विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त
वा परिवारका सदस्यलाई सामान मध्ये ३ सय ५०
अमेरिकी डलरसम्मको सामान पठाएमा प्रमाण हेरी
समदर भन्सार शुल्क मात्र लाग्ने कार्यलयले जनाएको
छ।
त्यस्तै सौगातको रुपमा समेत नेपाली नागरिकले
विदेश जादाँ नेपालमा नै उत्पादन गरिएका पचास
हजार मूल्यसम्मका मालसामानमा नेपाल सरकारले
प्रतिबन्ध लगाएका बाहेक सामान लैजाँदा महसुल
नलाग्ने कार्यलयले जानकारी दिएको छ।
कुनै नेपाली नागरिकको विदेशमा बसोबास
गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित
भएमा पनि निज र निजको परिवारले निजी प्रयोग
गरेको पुराना सामानहरु (सवारी साधन बाहेक)
स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने
भन्सार कार्यालयले जानकारी दिएको छ।
उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा
आवश्यक पर्ने सामान बढीमा दुई÷दुई थान सम्ममा
महसुल पूर्ण छुट हुनेछ। नेपाल सरकारले दिएको
सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके
बमोजिमको महसुल तिर्नुपर्ने यादव जानकारी दिए।
तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान
लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा
त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम
कारबाही हुने कार्यालयले जानकारी दिएको छ।
त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष
भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने
३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल
नलाग्ने यादवले बताए।
त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको
लागि क्रमश २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९,
४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति
इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५०
रुपैयाँ कर लाग्ने छ।
साथै ६ महिनाभन्दा बढी विदेश बसी नेपाल
फर्केकाहरुको लागि क्रमश २२, २३ देखि २९, ३० देखि
३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा
क्रमशः प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५
सय ५० र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।
त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने
मूल्याङ्कन हेरी महसुल लिइने कार्यलयले जानकारी
दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा
खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा
दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को
एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि यादवले
जानकारी दिए।
त्यस्तै नेपाली कामदारले आफु फर्कदाँ र पठाउदाँ
भन्सार कार्यलयमा यी शुल्क तिर्नुपर्ने यादवले
जानकारी दिए। गोदाम शुल्क १ देखि ७ दिनसम्म
सम्पूर्ण कर सहित प्रतिपिस ५१ रुपैयाँ र ७ दिन पछि
यो शुल्क सहित प्रतिकिलो प्रति दिन ६० पैसा
तिर्नुपर्ने यादवले जानकारी दिए।
त्यस्तै लेवर चार्ज प्रतिकिलो २ रुपैयाँ ५० पैसा र ऐजेन्ट
शुल्क १ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म महसुल तिर्नुपर्ने
उनले जानकारी दिए। साथै यी बाहेक नेपाल सरकारले
तोकेको सम्पूर्ण महसुल लाग्ने यादवले जानकारी दिए।
नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान
ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईने
यादवले जानकारी दिए।
0 comments:
Post a Comment