भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका
गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले
प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी
गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र
एसएमएससमेत फेला परेको प्रहरीको भनाई छ ।
आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीकाे
खबर छ –
आक्रमण गर्न विदेशी बोलाएको प्रहरीको दाबी
एसएसपी सर्वेन्द्र खनाल भन्छन्– उनीहरूले प्रहरीमाथि
आक्रमण गर्ने योजना बनाएको टेलिफोन रेकर्ड र
एसएमएसहरू फेला परेको छ । आक्रमणका लागि
विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक
अनुसन्धानमा खुलेको छ । थप अनुसन्धान हुँदै छ ।
न्युरोडमा अन्डरग्राउन्ड थिए साजन गुरुङ
साजन गुरुङ पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा
मोस्टवान्टेड थिए । उनी न्युरोडको एक घरमा गोप्य
रूपमा बस्दै आएका थिए । सबै कोठामा ताला
लगाइएको घरमा मंगलबार चारपटक सर्च गर्दा मात्र
प्रहरीले उनी बस्ने कोठा पत्ता लगायो ।
काठमाडाैं । प्रहरी इन्काउन्टरमा मारिएका
गुन्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले
प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी
गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र
एसएमसमेत फेलापारेको प्रहरीको भनाइ छ।
आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन
गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय
प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको छ
। उनीहरू प्रहरी इन्काउन्टरमा मारिएका डन घैँटको
समूहका हुन् । साजन हत्या अभियोगमा मोष्ट
वान्टेडसमेत हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख
एसएसपी सर्वेन्द्र खनालले प्रहरीमाथि आक्रमण गर्ने
योजना उनीहरूले बनाएको टेलिफोन रेकर्ड तथा
एसएमएसहरू फेलापरेको बताए । ‘आक्रमणका लागि
विदेशबाट समेत मान्छे बोलाएको प्रारम्भिक
अनुसन्धानमा खुलेको छ,’ एसएसपी खनालले भने, ‘थप
अनुसन्धान हुँदै छ ।’
प्रहरी स्रोतका अनुसार घैँटेका सहयोगी समीरमान
बस्नेतले साजन गुरुङमार्फत काठमाडौंमा प्रहरीमाथि
आक्रमण योजना बनाएका थिए । पक्राउ परेका
कारजोन गुरुङले बस्नेत र गुरुङबीच मध्यस्तकर्ताको काम
गरेको प्रहरीको भनाइ छ । यसका लागि १० लाख
रुपैयाँको डिल भएकोसमेत अनुसन्धानमा खुलेको
प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घैँटे मारिएकै दिन बस्नेत
उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख
सहयोगीका रूपमा काम गर्दै आएका थिए । केही
भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा
ल्याएर राखेको र सूचना चुहिएपछि उनीहरू भागेको
प्रहरी अनुसन्धानमा खुलेको पनि प्रहरीले दाबी
गरेको छ । केही बलिया आधार भेटिएको
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरूले बताएका
छन् ।
कपुरधारास्थित आफ्नै घरनजिकै ३ भदौमा घैँटे
प्रहरीसँगको मुठभेडमा मारिएका थिए । घटनापछि
घैँटेको सम्पत्तिबारे छानबिन थालेपछि उनका
सहयोगीहरू आत्तिएको प्रहरीले जनाएको छ । प्रहरी
आक्रामक भएपछि गुन्डाका नाइकेहरू सबैजसोले
काठमाडौं छाडिसकेका छन् । केहीले भाडामा
व्यक्तिहरू प्रयोग गरेर आक्रमणको योजना बनाएको
प्रहरी स्रोत बताउँछ ।
साजन न्युरोडमा अन्डरग्राउन्ड
पहलमान तामाङ ‘पवन’को हत्या आरोपमा
मोस्टवान्टेड रहेका साजन गुरुङ न्युरोडको एक घरमा
निकै गोप्य रूपमा बस्दै आएको सूचनाका आधारमा
प्रहरी मंगलबार सर्चमा गयो । प्रहरीले घर पत्ता
लगायो । तर, घरमा कोही थिएनन् । सबै कोठामा
ताला लगाइएको थियो । प्रहरीसँग भने गुरुङ त्यही
घरभित्र गोप्य रूपमा लुक्दै आएको सूचना थियो ।
चारपटक घर सर्च गर्दा मात्र प्रहरीले गुरुङ बस्ने कोठा
पत्ता लगायो ।
बाहिरबाट ताला लगाएर गोप्य रूपमा सुरुङजस्तो
बनाएर गुरुङ लुकेका थिए । लामो समयदेखि उनी
त्यसरी सो घरभित्र लुक्दै आएको प्रहरीले जनाएको छ
। प्रहरीले खोजी गरिरहेकाले उनी एक्लै सो घरमा
बस्दै आएका थिए । केही आफ्ना सहयोगीलाई
कहिलेकाहीँ मात्र उनले भेट्ने गरेको प्रहरीले जनाएको
छ ।
प्रहरीका अनुसार सोही घरभित्र बसेर गुरुङले
सहयोगीहरू परिचालन गरी धम्क्याएर असुली धन्दा
चलाउँदै आएका थिए । गुरुङसँग प्रहरीले भारतीय
निर्वाचन आयोगले हेमन्त गुरुङको नाममा जारी गरेको
परिचयपत्रसमेत फेलापारेको छ ।
ठेक्काको कमिसन विवादमा हत्या
सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको
झगडामा साजनको समूहले पहलमान तामाङको हत्या
गरेको प्रहरीले जनाएको छ । २४ माघ ०७० मा
गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै
प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए ।
नुवाकोटको सामरी घर भएका तामाङको
धादिङको सेमजोम गाविसमा हत्या भएको थियो ।
धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको
थियो । हत्यामा संलग्न राजकुमार तामाङलाई
प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा
सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार
टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले
गजुरेललाई सहयोग गरेको थियो । तर, राज तामाङ
तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको
थियो । सोही विषयमा काठमाडौंमा पनि
उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही
दिनअघि मात्र तामाङ धादिङ गएका थिए ।
आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी
धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर
गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर
तामाङको हत्या गरेको थियो ।

0 comments:
Post a Comment