Home » » आङकाजी शेर्पाविरुद्ध 'साइबर क्राइम' मुद्दा दर्ता हुने....

आङकाजी शेर्पाविरुद्ध 'साइबर क्राइम' मुद्दा दर्ता हुने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका
पूर्वमहासचिव आङकाजी शेर्पा विरुद्ध 'साइबर
क्राइम' सम्बन्धि मुद्धा दर्ता गर्ने भएको छ।
सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने
सामग्री पोष्ट गरेको आरोपमा पक्राउ परेका
शेर्पालाई जिल्ला प्रशासन कार्यालयमा मुद्धा
दर्ता गरिने प्रहरीले जनाएको छ।
उनले टीकापुर घटनालाई लिएर सशस्त्र प्रहरी र नेपाल
प्रहरीबीच फाटो ल्याउने सामग्री समेत पोष्ट गरेको
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख
प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले
सेतोपाटीलाई जानकारी दिए।
अभियोग प्रमाणित भएमा शेर्पालाई १ लाख रुपैंया
जरिवाना अथवा ५ बर्ष कैद वा दुवै सजाय हुनसक्ने उनले
बताए। उनीविरुद्ध बिहीबार दिउँसो मुद्धा दर्ता
गरिने उनले जानकारी दिए।
शेर्पालाई प्रहरीले बुधबार बौद्धबाट नियन्त्रणमा
लिएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved