भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १७ भदौ । मलेसियामाथि
अफगानिस्तानको ७ विकेटको जितसँगै नेपाल
एसीसी यू–१९ प्रिमियर क्रिकेटको उपविजेता बनेको
छ ।
बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले
साउदी अरेबियालाई ९ विकेट पराजित गर्दै
च्याम्पियन बन्ने सम्भावना कायमै राखेको थियो ।
तर, अफगानिस्तानले मलेसियालाई ७ विकेटले
पराजित गरेपछि नेपालले उपविजेतामा चित्त
बुझाउनुपरेको हो । मलेसियाले प्रस्तुत गरेको १०६
रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट
गुमाएर भेट्टायो ।
सबै खेल जितेको अफगानिस्तान १० अंकसहित
च्याम्पियन बनेको छ । समान खेलबाट ८ अंक जोडेको
नेपाल उपविजेता बनेको हो । आफ्नो दोस्रो खेलमा
अफगानिस्तानसँग १० पराजित भएपछि नेपालले
उपाधि जित्न नसकेको हो ।

0 comments:
Post a Comment