भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख
एसएसपी सर्वेन्द्र खनाललाई सामान्य प्रशासन
मन्त्री लालबाबु पण्डितले सम्मान गरेका छन् । जिउदो
सहिद, दुर्गा प्रसाद भट्टराई प्रतिष्ठानले आज
काठमाडौंको शान्तिनगरमा गरेको कार्यक्रममा
खनाललाई मन्त्री पण्डितले सम्मान गरेका हुन् ।
महानगरको सुरक्षाका लागि खनालले प्रशंसनिय
काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सो
अवसरमा मन्त्री पण्डितले गुन्डा नाइके कुमार घैटेविरुद्ध
प्रहरीले चालेको कदम सही भएको बताएका छन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले पहिले
अपराध हेर्नुपर्ने र त्यसलाई राजनीतिसँग जोड्न नहुने
मन्त्री पण्डितले बताए ।
प्रहरीले समाजमा अराजक गतिविध गर्ने अरु घैटोहरु
पनि फुटाउनुपर्ने बताएका थिए । अपराधीलाई
राजनीतिले संरक्षण गर्न नहुने भन्दै उनले अपराध निर्मूल
गर्ने काममा आफूले सधै सहयोग गर्ने प्रतिबद्धता जनाए
।
0 comments:
Post a Comment