भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
इजिप्टका एक ब्यापारीले ग्रिस र इटालीले
स्वीकृति दिए सिरिया लगायत अन्य द्वन्द्वग्रस्त
देशबाट आउने शरणार्थीका लागि आफूले एक टापु नै
किनिदिने प्रस्ताव गरेका छन्।
अफ्रिका महादेशका दशौं धनी व्यक्ति नगुइब
साविरिसले सामाजिक सञ्जाल ट्वीटरमार्फत्
यस्तो प्रस्ताव गरेका हुन्। तर उनले ग्रिस र इटालीको
सरकारसँग औपचारिक कुराकानी भने गरेका छैनन्।
‘ग्रिस र इटालीले मलाई कुनै टापु बेचेमा म त्यस
टापुमा शरणार्थीलाई नयाँ देश बनाउन उनीहरुलाई
रोजगारी दिनेछु‘ उनले ट्वीटरमा लेखेका छन्।
साविरिस मध्यपुर्व तथा अफ्रिकी मुलुकमा मोबाइल
टेलिफोन सेवा दिने ओरास्कम टिएमटी कम्पनीका
प्रमुख हुन्।
द्वन्द्वग्रस्त मध्यपूर्वी र अफ्रिकी मुलुकहरुबाट भागेर
जाने शरणार्थीहरु अहिले युरोपका लागि मुख्य
समस्या बनेर आएको छ। केहीदिन अघि मात्रै
सिरियाबाट भागेर युरोप जान लाग्दा डुंगा डुबेर
मृत्यु भएका एक बालकको शव समुन्द्री किनारमा
भेटिएको तस्बिर सार्वजनिक भएपछि संसारभर युरोप
जान चाहने शरणार्थीका बारेमा चर्चा चलेको छ।
0 comments:
Post a Comment