भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र १८, २०७२- सद्भावना पार्टीका
राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसी
जनतालाई अमान्य हुने खालको संविधान
बनाइरहेकाले त्यसलाई रोक्न र आफ्नो
अधिकार माग्न मधेसी जनता अहिले
सडकमा आएको बताएका छन् ।
शुक्रबार भैरहवामा आयोजित पत्रकार
भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महतोले
बिगतमा नेपाली काँग्रेस, एमाले र एकिकृत
माओवादीले मधेसी दलहरुसँग गरेको
सम्झौतामा बेइमानी गरेकाले अहिले मधेसी
मोर्चा आन्दोलनमा उत्रिएको बताए ।
आन्दोलनका क्रममा अप्रिय घटना घटेका
टीकापुर, भैरहवा, वीरगञ्ज लगायत्का
स्थानमा उच्चस्तरिय न्यायिक जाँचबुझ
आयोगको गठन गरिनु पर्ने, नेपाली
सेनालाई ब्यारेकामा फिर्ता गरिनु पर्ने,
आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद
घोषणा गरिनु पर्ने, घाइतेको उपचार गरिनु
पर्ने लगायत्का शर्त पुरा नगरेसम्म
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चा वार्तामा नबस्ने उनले दोहऱ्याए ।
आन्दोलनप्रति जनताको भावना
बुझ्नकालागि सरकार तथा अन्य दलसँग
वार्ता भएमा वार्तास्थल राजधानी नभएर
मधेशमैं गरिनु पर्ने उनले अडान राखेका छन् ।
मधेशमा जारी आन्दोलनप्रति छिमेकी मुलुक
भारतले चासो देखाउनु स्वभाविक भएको र
आफ्नो सीमा नजिकमा भइरहेको
आन्दोलनप्रति भारत आँखा चिम्लेर बस्न
नसक्ने महतोले बताए । विगतमा नेपाली
जनताले आफ्नो अधिकार
प्राप्तिकालागि गरेको आन्दोलनप्रति
भारतले सहयोग गर्दै आएको कुरा उनले उल्लेख
गरे ।
‘हाम्रो शान्तिपूर्ण आन्दोलनप्रति
भारतमात्रै होइन सबै दुनियासँग समर्थन र
सहयोग चाहेका छौं,’ महतोको भनाई
थियो, 'शान्तिपूर्ण आन्दोलनलाई कसैले
सहयोग गर्न चाहेमा नगर भन्न मिल्दैन ।'
अहिलेपनि मधेसी जनतामाथि अत्याचार
गरिएमा भारतबाट सहयोग हुने दाबी
महतोले गरे ।

0 comments:
Post a Comment