भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं- तराई मधेसमा आन्दोलन चर्किँदै गर्दा
एमालेका सभासद् तथा केन्द्रीय नेताहरुले प्रस्तावित
२ प्रदेशको को सीमांकन सच्याउनुपर्ने माग गर्दै
अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका
छन्। उनीहरुले दस सुत्रीय मागसहित प्रस्तावित २
प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुर समावेश गर्न
माग गरेका छन्।
दस सुत्रीय ज्ञापन पत्रमा मधेस आन्दोलनको सम्झौता
कार्यन्वयन, नागरिकता सहज बनाउनुपर्ने, थारु, मधेसी
र मुस्लिम आयोगल बनाउनुपर्ने माग गरिएको छ।
स्थायी समिति सदस्य सत्यनारायण मण्डल नेतृत्वमा
नागेन्द्र चौधरी, सत्रुघन महतो, जगदीश कुसियत,
श्रीप्रसाद साहलगायत नेताहरुले आज बिहान
बालकोटस्थित ओली निवास पुगेर ज्ञापन पत्र
बुझाएका थिए।
जवाफमा ओलीले संविधान निर्माण प्रकृया
संघारमा रहेको हुँदा आफूलाई अफ्ठ्यारोमा नपार्न
नेताहरुलाई सुझाएका थिए। 'संविधान निर्माण
प्रकृया संघारमा छ। यस्तो बेलामा मलाई अफ्ठ्यारो
पार्ने काम नगरिदिनुस्,' ओलीको भनाई उद्धृत गर्दै
श्रीप्रसाद साहले नागरिकन्युजलाई बताए।

0 comments:
Post a Comment