Home » » मधेशीदलका कार्यकर्ताहरुले जिउदै पुलिसलाई आगो लाउन खोजेपछि बिराटनगर तनावग्रस्त

मधेशीदलका कार्यकर्ताहरुले जिउदै पुलिसलाई आगो लाउन खोजेपछि बिराटनगर तनावग्रस्त

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


बिराटनगर २३ भदौ / ७ प्रदेश सिमाङकनको बिरुद्ध
आन्दोलन चर्काउदै आइरहेको मधेशीदलका
कार्यकर्ताहरुले बुधबार बिहान मोरङ्गको बिराटनगर
स्थित रानी भन्सार कार्यालय आसपासका क्षेत्रमा
आगजनी तथा तोडफोड मचाउन थालेपछि रानी क्षेत्र
बिहानै देखी तनावग्रस्त बनेको छ । आन्दोलनमा
उत्रिएका मोर्चाका कार्यकर्ताहरुले रानीको
भन्सार कार्यालय भित्र रहेका प्रहरीहरुलाई
बाहिरबाट मट्टितेल छर्केर आगो लगाउने प्रयास गर्दा
स्थिती तनावग्रस्त बनेको क्षेत्रीय प्रहरी
कार्यालदय बिराटनगरले जनाएको छ ।
भन्सार भित्र रहेका प्रहरीलाई मट्टीतेल छर्केर आगो
लगाउने प्रयास गरीदा स्थिती नियन्त्रणका लागि
प्रहरीबाट नौ राउन्ड हवाइ फायर भएको क्षेत्रीय
प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । रानी
क्षेत्रमा रहेका ब्यापारीहरुले बिहानै देख ीआ आफनो
ब्यापार ब्यवसाय खुल्लै राखेको भन्दै बन्दकर्ताहरुले
जबरजस्ती उक्त क्षेत्रमा तोडफोड र आग्जनी सुरु
गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन खोजेको
प्रहरी भनाइ छ ।
प्रदर्शनकारीहरुले बुधबार बिहान रानी स्थित भन्सार
कार्यालयमा तोडफोड मचाएका छन भने सोही
स्थानमा रहेको प्रहरी चेकपोष्टमा आग्जनी गरी
क्षती पुर्याएका छन ।
यसै बिच बिराटनगरबाट प्रसारीत मकालु
टेलिभिजनका पत्रकार सवार को ८ प २२३९ नं को
मोटरसाइकल पनि आन्दोनकारीहरुले जलाइदिएको
क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
रानी क्षेत्रमा भएको घटना बारे समाचार संकलन गर्न
पुगेका पत्रकारलाई गाली गलैज गर्दै उनि सवार सो
मोटरसाइकल जलाइएको प्रहरीबाट बुझिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved