भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
राजविराज, २३ भदौ । आन्दोलनकारी र प्रहरीबीच
भएको झडपमा परी सप्तरीको भारदहमा एकजनाको
मृत्यु भएको छ भने डिएसीसहित २० जना घाइते भएका
छन ।
मधेसी मोर्चाका आन्दोलनकारीले सवारी साधनहरु
स्कटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रहरीलाई
अवरोध गरेपछि बुधबार भारदहमा झडप भएको हो ।
झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताहा २ का ६०
वर्षीय रामकिसन राउतको मृत्यु भएको छ ।
प्रहरीले स्कोटिङ गरेर गाडी गन्तव्यमा लैजान
खोज्दा आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध
पारेका थिए । सो स्थानमा अहिले पनि तप्रहरी र
प्रदर्शनकारीबीच झडप भैइरहेको जिल्ला प्रहरी
कार्यालय सप्तरीले जनाएको छ ।
0 comments:
Post a Comment