भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
'इन्धन आपूर्तिका लागि वायुसेवा निगमलाई
अनुमति'
काठमाडौँ, २५ असोज । नेपाल आयल निगमले हवाइ
इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई
अनुमति प्रदान गरेको छ ।
आयल निगम व्यवस्थापन समितिको आज बसेको बैठकले
सो निर्णय गरेको निगमका नायब कार्यकारी
निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।
निगमका अनुसार हवाइ इन्धन आपूर्तिका लागि
नेपाल वायुसेवा निगमले मनसायपत्र(ग्लोबल टेण्डर)
दर्ता गराएसँगै आज आयल निगमले सो निर्णय गरेको
हो ।
विभिन्न बहाना बनाई भारतले पेट्रोलियम
पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको
विहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम
पदार्थ आयातका लागि मनसायपत्र(ग्लोबल टेण्डर)
आह्वान गरेको थियो ।
निगमका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिका
लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन
दिएका थिए । हवाइ इन्धन आपूर्तिका लागि नेपाल
वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य
पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने
निर्णय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
आयल निगमले आह्वान गरेको आशयपत्र(ग्लोबल
टेण्डर)मा कुनै पनि मुलुकबाट तथा जुनसुकै मार्गबाट
पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ ।
निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक
आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका
लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १००
किलोलिटर, हवाई इन्धन र मट्टितेल २००/२००
किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन
आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम
पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले निवेदन
दिन सक्ने जनाएको थियो ।
मङ्गलबार निजी सवारी साधनलाई इन्धन
आयल निगमले उपत्यकामा भोलि एक दिनका लागि
सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल
वितरण गर्ने भएको छ ।
उपत्यकामा रहेका करिब १२५ पम्पबाट मङ्गलबार
दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये
मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार,
जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन
उपलब्ध गराउन लागिएको हो ।
दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को
निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई
मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था
मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका
आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले
जानकारी दिनुभयो ।
इन्धनको अभावका कारण देशभर कम मात्रामा
सार्वजनिक सवारीसाधन चलेका छन् । उद्योग,
कलकारखाना र विद्यालय पनि सञ्चालन हुन सकेका
छैनन् । रासस

0 comments:
Post a Comment