भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
प्रधानमन्त्रीमा बहुमतले निर्वाचित बन्नु भएको छ ।
उहाँलाई सफल कार्यकालको लागि वधाई तथा
शुभकामना छ । नेपाली कांग्रेशका सभापति सुशील
कोइरालाले जसरी भद्र सहमति तोडेर भारतीय
ईसारामा प्रधानमन्त्रीको उम्मेदवार बने, यसले उनको
राजनैतिक पतनको बाटो बनाउने सम्भावना वढ्ने छ ।
भारतीय दबाबका सामु नझुकेर उनले पनि अडान
लिनाले नेपालको संविधान जारी हुन सम्भव भएकोले
उनी प्रति केही समर्थन सहानुभूति वढेको थियो । तर
उनले प्रधानमन्त्री चुनावको समयमा आएर जसरी
भारतीय आश र त्राशमा भद्र सहमति तोडे, यसले
उनको राजनैतिक उचाई घटाइदिएको छ ।
ओली प्रधानमन्त्री भएपछि अब देशले नयाँ राजनैतिक
मोड लिएको छ । राप्रपा नेपाल लगायतका अनेकौं
साना दलहरु समेतको समर्थनमा नयाँ सरकार चलाउनु
ओलीको लागि फलामको च्युरा चपाउनु बराबर हुनेछ
। तर यो वाध्यात्मक स्थितिमा ओलीले केही नयाँ
कदम चाल्नु पर्दछ, जसले गर्दा आगामी दिनमा
आत्मनिर्भर र स्थिर सरकार वनाउँदै देशको आर्थिक
क्रान्तिलाई नयाँ ढंगले अघि बढाउँदै आगामी चुनाव
सम्पन्न गर्ने दायित्व पूरा गर्न सकियोस् । पहिलो
कदम अब प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवार वन्न सहमत
गराउने र जिताउने दायित्व ओलीले सफलता साथ
निर्वाह गर्नु पर्दछ ।
प्रचण्डलाई राष्ट्रपति वनाउँदा एकातिर वर्तमान
गठबन्धन दिगो वन्छ भने अर्कोतिर प्रचण्डको विगतको
अस्थिरतापूर्ण आनीवानीले फेरि नेपाली
राजनीतिलाई अस्थीर बनाउन पाउँदैन । अब नेपाली
कांग्रेशको धोखा प्रति माफी मिनाहा गरि पुनः
उसैलाई राष्ट्रपति पद सुम्पनुको कुनै अर्थ छैन । नेपाली
कांग्रेशका धेरै कार्यकर्ताहरु समेतको मन दुखाएर
नेतृत्वका केही नेताहरुले जसरी नेपाली कांग्रेशलाई
भारतीय कांग्रेश वनाउन थालेका छन्, यसको सजायँ
उसले पाउनै पर्दछ ।
नेपालको राष्ट्रपति केवल नाममात्रको छैन, यो अझै
पनि शक्तिशाली पद नै हो । त्यसैले गर्दा पनि
अहिलेको अघोषित युद्धकालीन परिस्थितिमा
वर्तमान राष्ट्रिय गठबन्धनवाट प्रचण्ड नै
राष्ट्रपतिको लागि उपयुक्त व्यक्ति हो । भारतीय
नाकावन्दी लम्बिने सम्भावना वढ्दै गएको वेला ओली
प्रचण्ड गठबन्धन बलियो वनाउने र भारतीय
नाकावन्दी चिर्दै आत्मनिर्भर अर्थतन्त्रको जग बसाउन
सुरुवात गर्ने उपयुक्त समय र नेताहरुको टीम यसरी नै
मात्र बन्न सक्दछ ।
प्रचण्डको नियत र इच्छा जे भएता पनि यस्तो मौका
छाडेर पुनः पाँच वर्ष सक्रिय राजनीतिमा विताउने
भन्दै अर्को पटकको चुनाव पछि प्रधानमन्त्री बन्ने
सोचाइ अब पनि वनाउनुको अर्थ प्रचण्डको व्यक्तित्व
पुनः धरापमा पार्नु र वचेको साख गुमाउने र बचेको
पार्टी प्रतिष्ठा पनि धमिल्याउने सम्भावना थप्नु
मात्र हुनेछ ।एमाओवादीलाई प्रचण्डले नै पुनर्जीवन
दिन पर्ने वा सक्ने सम्भावना कम हुँदैछ । राजनीतिमा
प्रचण्डले सेफ लैण्डिङको समय खोज्ने बेला आइसकेको छ
। मौका यहि हो । अब एमाओवादीको जिम्मा नयाँ
पुस्तालाई दिइनु पर्दछ । प्रचण्ड, बैद्य, बादल , बाबुराम
आदिले अब विश्राम लिंदै सल्लाहकारको भूमिका
निभाउनु पर्दछ ।
शान्तिपूर्ण संसदीय राजनीति गर्ने वाटो र उद्देश्य
लिएका एमाओवादीहरु एमालेसँग एकतावद्ध भएर
लाग्नु तर्कसंगत र बुद्धिसंगत हुनेछ भने सशस्त्र संघर्षको
वाटो र नयाँ जनवादको उद्देश्य लिएका
माओवादीहरु विप्लवको माओवादीमा एकतावद्ध हुनु
विवेक सम्मत हुनेछ । विचको वाटो अबको दिनमा रहने
छैन । किनभने एकखालको संक्रमणकालको अन्त्य
भैसकेकोछ र नयाँ संघर्ष र एकताको युग सुरु भएको छ ।

0 comments:
Post a Comment