भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ
तथा पदभार ग्रहण गरेपछि मन्त्रालयको भागवण्डासमेत
गरेका छन् ।
प्रधानमन्त्री हुनुअघि नै एमाओवादी, राप्रपा नेपाल,
फोरम लोकतान्त्रिक र अन्य सहयोगी दलसँगको
सहमति अनुसार ओलीले मन्त्रालयको भागवण्डा गरेका
हुन् ।
सोमबार शीतल निवासमा सपथ लिएका
सातजनामध्ये पाँच मन्त्रीको मन्त्रालय तोकिएपछि
उनीहरुले आजै पदभार ग्रहण गरेका छन् ।
फोरम लोकतान्त्रिकका विजय गच्छदार उपप्रधान
तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको
जिम्मेवारी पाएका छन्। राप्रपा नेपालका तर्फबाट
अध्यक्ष कमल थापाले उपप्रधान तथा परराष्ट्र
मन्त्रालय सम्हालेका छन् ।
सपथ लिएकामध्ये एमालेका तर्फबाट सोमनाथ पाण्डे
उद्योगमन्त्री बनेका छन् । त्यसैगरी अग्नि खरेललाई
कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले
सरकारको प्रवक्ताको पनि जिम्मेवारी पाएका छन्
।
त्यसैगरी एमाओवादीका तर्फबाट कृषिमन्त्रीमा
हरिबोल गजुरेल नियुक्त भएका छन् । उनले आजै पदभार
सम्हालेका छन् ।
राप्रपा नेपालकै रामकुमार सुब्बाले थापासँगै सपथ
लिएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन ।
राप्रपा नेपालले पाउने भनिएका तीनमध्ये
परराष्ट्रको मात्र टुंगो लागेको छ । राप्रपा
नेपालका सह प्रवक्ता मोहन श्रेष्ठका अनुसार
स्थानीय विकास आफूहरुले लिने सहमति भएपनि अर्को
मन्त्रालयको टुंगो लागेको छैन ।
सोमबार सपथ लिएका रामकुमार सुब्बालाई
स्थानीय विकासबाहेक अर्को मन्त्रालय दिने
तयारी गरिएको छ ।
उनले पनि सोमबारै कार्यभार सम्हालिसकेका छन् ।
मन्त्रिमण्डल विस्तार हुने भएकाले सोमबार सपथ
लिएका मण्डल र सुब्बालाई विनाविभागीय मन्त्री
बनाइएको हो ।
सत्ता साझेदार दलहरुले अझै मन्त्रालयको
भागवण्डाको टुंगो लगाउन बाँकी भएकाले
मन्त्रिमण्डल विस्तारसँगै सबै मन्त्रालयको टुंगो लगाउने
बताइएको छ ।

0 comments:
Post a Comment