भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बलिउडकी चर्चित मोडल तथा नायिका पूनम पाण्डेले अब आफू ग्ल्यामर र सेक्सका कुराबाट टाढा जान चाहेको
बताएकी छिन् । उनले आफूले आजसम्म गरेका सबै सेक्सका कुराहरु चर्चाका लागि मात्र थिए भनेकी छिन् ।
उनले भनिन्-‘म पछिल्ला बयानहरुमा माफी चाहन्छु । मेरो पनि सिमा छ । भारतीय टिमले विश्वकप जितेको खण्डमा म
नाङ्गो हुन्छु भन्ने जुन कुरा थियो, यो मैले सोचेर नै बताएकी थिएँ ।’
उनले यो बिषयमा आफूले पपुलर हुनका लागि चर्चा गरेको भन्दै माफी मागेकी हुन् । अब यस्तो कुनै पनि काम नगर्ने उनको
भनाई छ । उनले अब आफू एक सशक्त नायिकाको रुपमा अगाडि बढ्न चाहेको भन्दै अब ग्ल्यामर यूवतीको रुपमा मात्र
अगाडि नबढ्ने बताइन् ।
पूनमका अनुसार यस्ता खालका बयानले उनको परिवारलाई पनि लफडा सहनु परेको छ । माता र पिताबाट आफूले धेरै
गाली खाएको उनको भनाई छ । उनले भनिन्-‘सेक्सी भनेर चर्चामा आउन कसलाई रहर लाग्दैन । तर, म अब सेक्सीसँगै राम्री
अभिनेत्री पनि बन्न चाहन्छु ।’
0 comments:
Post a Comment