Home » , » म कसैसँग पनि झूटो बोल्दिनँ : बेनिशा हमाल

म कसैसँग पनि झूटो बोल्दिनँ : बेनिशा हमाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

नेपाली चलचित्र तथा म्युजिक भिडियोमा यतिबेला नयाँ पुस्ताका केही नायिकाको व्यस्तता लोभलाग्दो छ ।
नयाँ पुस्ताका प्रतिभाशाली नायिकाहरूमा बेनिशा हमालको नाम अग्रपंक्तिमा आउँछ । एक सय ५० भन्दा बढी
म्युजिक भिडियोमा अभिनय गरिसकेकी बेनिशाले प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र ‘स्वर’ मार्फत नायिकाका
रूपमा पदार्पण गरेकी हुन् । उनले अभिनय गरेका चलचित्रमध्ये ‘मोक्ष’ ले राम्रो चर्चा पाएको थियो । ज्यान हाजिर छ, म
अनि तिमी तथा महसुस चलचित्रमा समेत अभिनय गरेकी यी नायिकाले भरखरै स्नातकोत्तर तह उत्तीर्ण गरेकी बेनिशाले
आफ्ना गोप्य कुरा साप्ताहिकमार्फत सार्वजनिक गरेकी छिन् ।
झूट बोल्ने संकेत म प्राय:
कसैसँग पनि झूटो बोल्दिनँ । म झूटो बोल्नु नपरोस् भन्ने कामना पनि गरिरहन्छु तर कहिलेकाहीं परिस्थिति त्यस्तो
आइपर्छ, झूटो नबोली हुँदैन । मैले कुनै कुरा झूटो बोलिरहेकी छु भने म त्यसको संकेत पनि दिइरहेकी हुन्छु । झूटो बोल्ने क्रममा
मैले कुनै बेला फिंगर क्रस गरें भने बुझे हुन्छ, म झूटो बोल्दैछु ।
गिटार म संगीतकी पारखी हुँ । गिटार मलाई सबैभन्दा मन पर्ने वाद्ययन्त्र हो । कहिलेकाहीं गिटार बजाउँछु पनि तर
राम्रोसँग बजाउन आउँदैन । बजाउन नआए पनि मलाई गिटारका सबै कर्ड्सका बारेमा राम्रो जानकारी छ । तिनै
जानकारीका आधारमा म कहिलेकाहीं घरमा गिटार बजाउने अभ्यास पनि गर्छु ।
कुक म असाध्यै मीठो पकाउँछु, तर घरमा मात्र । अर्को शब्दमा भन्नुपर्दा म आफ्नो घरका लागि बेस्ट कुक नै हुँ ।
मोबाइल अनलक मलाई मेरा नजिकका केही साथीको मोबाइलको पासवर्ड कण्ठस्थ छ । अझ अचेल मोबाइलमा
प्याटर्नमार्फत अनलक गर्ने सुविधासमेत उपलब्ध छ । मलाई केही साथीको मोबाइलको प्याटर्न समेत थाहा छ । रमाइलो
कुरा के छ भने ती साथीहरूलाई म उनीहरूको मोबाइल खोल्न सक्छु भन्ने कुराको जानकारी छैन । त्योभन्दा पनि
रमाइलो कुरा म कहिलेकाहीँ उनीहरूको मोबाइल अनलक गरिदिन्छु तर मोबाइलका कुनै पनि फङ्सन चलाउँदिनँ ।
अंग्रेजी साहित्य मैले यही वर्ष अंग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेकी छु । नेपाली चलचित्र तथा मोडलिङ
क्षेत्रका थोरै शिक्षित कलाकारहरूको सूचीमा आफूलाई उभ्याउन पाउँदा खुसी लागेको छ । अंग्रेजीमा स्नातकोत्तर
गरेपछि अध्यापन पेसामा व्यस्त हुन सकिन्छ भन्ने थाहा छ तर कलाकारितामा व्यस्त भएका कारण अहिले नै त्यो पेसामा
जान असमर्थ छु ।
६ देखि १२ म हरेक दिन बिहान ६ बजे उठ्छु । जति नै थकित भए पनि बिहान ६ बजे उठ्ने बानी नै परेको छ । म मर्निङ वाक
तथा योग गर्दिनँ । काममै यति धेरै व्यस्त भइन्छ कि फिट हुन ती दुई काम गर्नै परेको छैन । म राति सुत्दा १२ बजिसकेको
हुन्छ । कामै नभए पनि टिभी हेरेर, इन्टरनेट चलाएर तथा पुस्तक पढेर कति बेला रातको १२ बज्छ, पत्तै हुँदैन ।
गायन मेरा नजिकका साथीहरू मेरो स्वरको प्रशंसा गर्छन् तर म गीत गाउन सक्षम छु जस्तो लाग्दैन । जीवनमा पहिलो
पटक मैले एउटा बर्थपार्टीमा गीत गाएकी थिएँ । साथी रीमा विश्वकर्माले लेखेको ‘तिमी छौ र माया छ’ गाउँदा
श्रोताहरूबाट पाएको प्रशंसा अविस्मरणीय छ, तर व्यवसायिक गायिका बन्ने कुनै योजना छैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved