भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसकी
केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति
सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र
शेरबहादुर देउवाको भूमिकाको विषयमा समीक्षा
हुने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि
धमलासँग कुरा गर्दै नेतृ कोइरालाले प्रधानमन्त्री र
राष्ट्रपति निर्वाचनमा पार्टीले भोगेको
पराजयका विषयमा कांग्रेसभित्र गम्भीर समीक्षा
हुने बताउनुभयो ।
‘प्रधानमन्त्री र राष्ट्रपति पदमा भएको पराजयका
विषयमा केन्द्रीय कार्यसमितिमा समीक्षा
हुनेछ’, उहाँले भन्नुभयो, ‘यसको जिम्मेवारी तीन
जना शीर्ष नेताले लिनुपर्छ ।’
उचित समयमा उचित निर्णय लिन नसक्ने नेतृत्वको
विषयमा समीक्षा अनिर्वाय भइसकेको नेतृ
कोइरालाको भनाइ थियो ।
उहाँले शीर्ष नेताहरूले आफ्नो जिम्मेवारी
कुशलताका साथ बहन नगरेको हो की भन्ने नेता
तथा कार्यकर्तामा आशंका उब्जिएको उल्लेख
गर्नुभयो ।
एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी
राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाइ
दिनुभएकी कांग्रेस नेतृ कोइरालाले भन्नुभयो, ‘प्रथम
महिला राष्ट्रपति निर्वाचित हुनु भएकोमा बधाइ
छ ।’
उहाँले भण्डारीले आफ्नो जिम्मेवारीलाई
कुशलताका साथ बहन गर्न सक्ने आफूले विश्वास
लिएको पनि उल्लेख गर्नुभयो ।
0 comments:
Post a Comment