Home » » म उपप्रधानमन्त्री र मन्त्री बन्ने रिपोर्टिङ तपाईलाई किन गर्ने ?

म उपप्रधानमन्त्री र मन्त्री बन्ने रिपोर्टिङ तपाईलाई किन गर्ने ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १२ कात्तिक । जनमोर्चा नेपालका
अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले मुलुकको
राष्ट्रियता खतरामा परेकाले आफू सरकारमा
सहभागी हुन लागेको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान
पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष केसीले
मुलुकको राष्ट्रियता कमजोर भएका बेला त्यसको
रक्षाका लागि सरकारमा मन्त्री बन्न लागेको
बताउनुभयो । उहाँले आफू उपप्रधानमन्त्री र मन्त्री
बन्न लागेको विषय सबैलाई भन्दै हिँड्ने विषय
नभएको उल्लेख गर्नुभयो ।
‘म उपप्रधानमन्त्री बन्दैछु वा मन्त्री बन्दैछु
तपाईलाई किन रिपोर्टिङ गर्ने ?’, आक्रोशित हुँदै
अध्यक्ष केसीले भन्नुभयो, ‘जनमोर्चा नेपाल
सरकारमा जानु हुँदैन भनेर कहाँ लेखेको छ ?’ उहाँले
पार्टीको निर्णयअनुसार आफू सरकारमा सहभागी
हुन लागेको बताउनुभयो ।
अध्यक्ष केसीले मन्त्री बन्न उपप्रधानमन्त्री पद
कसैसँग नमागेको दाबी गर्नुभयो । ‘मैले कैसँग
उपप्रधानमन्त्री र मन्त्री पद मागेको छैन’, उहाँले
भन्नुभयो, ‘अहिले राष्ट्रियता कमजोर भएकाले
हाम्रो पार्टी सरकारमा सहभागी हुन लागेको
हो । राष्ट्रियता जोगाउन पहल गर्ने छौँ ।’
लामो समय वामपन्थी राजनीति गर्नुभएका
शालीन स्वभावका अध्यक्ष केसी उपप्रधानमन्त्री र
मन्त्री पदसहित एमाले नेतृत्वको वर्तमान सरकारमा
सहभागी हुँदै हुनुहुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved