Home » » फोरम लोकतान्त्रिकसँग ८ बुँदे सहमति, ओलीलाई भोट दिने

फोरम लोकतान्त्रिकसँग ८ बुँदे सहमति, ओलीलाई भोट दिने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)सँग नेकपा
एमाले र एमाओवादीले ८ बुँदे सहमति गरेको छ। सहमति
अनुसार अब फोरम लोकतान्त्रिकले प्रधानमन्त्री
निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई
मतदान गर्ने भएको छ।
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र
चौधरीका अनुसार थारु र मधेशीले राखिरहेको माग
सम्बोधन गर्ने लगायतका ८ बुँदे सहमति भएको बताए।
संसदमा फोरम लोकतान्त्रिकका १४ सांसद रहेका छन्।
यस्तै एउटा जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र
रहने गरी जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र
निर्धारण गर्न पनि तीन दल सहमत भएका छन्। थरुहट/
थारुवान र मधेश आन्दोलनका क्रममा घाइते
भएकाहरुको उपचार र राहत उपलब्ध गराउने,
आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्धा फिर्ता
गर्ने र पक्राउ परेकालाई रिहा गर्ने पनि ३ दलबीचको
सहमतिमा उल्लेख भएको नेता चौधरीले जानकारी
दिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved