Home » » नवनिर्वाचित प्रधानमन्त्री ओलीको सपथ सोमबार दिउँसो १ बजे, कस्तो बन्दैछ टिम ?

नवनिर्वाचित प्रधानमन्त्री ओलीको सपथ सोमबार दिउँसो १ बजे, कस्तो बन्दैछ टिम ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, २४ असोज नवनिर्वाचित प्रधानमन्त्री
केपी शर्मा ओलीले सोमबार पद तथा गोपनियताको
सपथ ग्रहण गर्नुहुने भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा सोमबार
दिउँसो १ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री
ओलीले सपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको
राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसँगै केही मन्त्रीहरुले पनि सपथग्रहण गर्ने
बताइएको छ । सत्ता साझेदार दलहरुमध्ये
एमाओवादीबाट टोप बहादुर रायमाझीलाई
उपप्रधानमन्त्री बनाउन छलफल भइरहेको एमाओवादी
स्रोतले जनाएको छ । यसैगरी राप्रपा नेपाल अध्यक्ष
कमल थापाको नेतृत्वमा सरकारमा जाने बताइएको छ
। प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री
ओलीले आफ्नो टिम बनाउने तयारी थाल्नुभएको हो

उहाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा
नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली वा
स्थायी समिति सदस्य शंकर पोखरेलमध्ये एक जनालाई
बनाउने सम्भावना छ ।
यसैगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा वरिष्ठ
पत्रकार समेत रहनुभएका एमाले काभ्रेका पूर्व अध्यक्ष
गोकुल बाँस्कोटा, प्रेस चौतारी नेपालका पूर्व
अध्यक्ष सम्भु श्रेष्ठ र प्रेस चौतारी नेपालका केन्द्रीय
सल्लाहकार प्रमोद दाहाल चर्चामा हुनुहुन्छ ।
बास्कोटालाई अन्य राजनीतिक भूमिका दिएर
दाहाललाई प्रेस सल्लाहकार बनाउने बलियो
सम्भावना छ । यस्तै, विदेश सल्लाहकार र अन्य
सल्लाहकारहरुको भने भोली छलफल हुने बताइएको छ ।
यस्तै, प्रधानमन्त्रीको सचिवालयमा इन्द्र भण्डारी,
राजेश महर्जन र रमेश आचार्य रहने बताइएको छ । आफूसँगै
प्रधानमन्त्री ओलीले सोमबार सत्ता साझेदार दलका
तर्फबाट केही मन्त्रीलाई सपथ गराउनुहुने तयारी
भइरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved