Home » » चीनसँग यसरी भयो इन्धन सम्झौता, भारतसँगको ४० वर्षे एकाधिकार तोडीयो

चीनसँग यसरी भयो इन्धन सम्झौता, भारतसँगको ४० वर्षे एकाधिकार तोडीयो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


बुधबार, ११ कार्तिक
काठमाडौं । ४० वर्ष देखिको भारत निर्भर इन्धन आयतको अवस्था अन्त्य गर्दै नेपालले अर्को छिमेकी मुलुक चीनसँग इन्धन
आपुर्तिको सम्झौता गरेको छ ।
भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने
व्यवसायिक सम्झौता भएको हो ।
नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो(चाइना) बीच
बुधबार इन्धन आपूर्ति गर्नेबारे व्यवसायिक सम्झौता भएपछि आम जनताले राहत महसुस गर्ने भएका छन् ।
सम्झौता पत्रमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले
हस्ताक्षर गरेका छन् ।
बेइजिङमा भएको सम्झौतामा चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ नेपाल ल्याउने उल्लेख छ ।
चीनस्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै सम्झौता भएको बारेमा जानकारी दिएको छ । सम्झौता भए
पनि कहिले, कती मुल्यमा र कसरी तेल ल्याउने भन्नेबारे भने उल्लेख गरिएको छैन । चीनले यस अघि नै एक हजार किलोलिटर
तेल अनुदानमा दिइसकेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved